मदन राजवँशी मनप्रीत
गौरीगञ्ज । सरकारी कार्यालयका एक कर्मचारी अफिस समयमै गौरीगञ्ज गाउँपालिकाको कार्यालयमा सडक ठेक्काको टेण्डर भर्न गएपछी केहि बेर तनाब भएको छ ।
गौरादह नगरपालिका कार्यालयका कार्यालय सहयोगि अशोक दाहाल ले आफ्नो अफिस छोडी छोडी आफै टेण्डरको फायल बोकेर गौरीगञ्ज गाउपालिकाले बिभिन्न सडक र करल्भर्टको ठेक्का टेण्डर भर्न गए पश्चात अन्य लाइसेन्सवाला निर्माण ब्याबशायीहरु बिरोधमा उत्रेका हुन ।
दाहालले टेण्डर भरेर निस्के पछी निर्माण ब्याबशायी जीवन राइले उनलाइ सरकारी तलब खाइ रहेका कर्मचारीले अफिस छोडी छोडी टेण्डर भर्दै हिड्न सुहाउछ ? भनि ब्यँग्यात्मक प्रश्न गरेका थिए । शुरुमा उनले आफुले कुनै फायल नबोकेको जिकिर गरे पनि उनले फायल बुझाउदै गरेको तस्बिर सहित उपस्थित सबै निर्माण ब्याबशायीहरु खनिएपछी उनले गल्ती स्विकार्दै क्षमा मागेका थिए ।
गौरादह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिक्षले कुनै पनि कर्मचारीले कार्यालय समय भित्र कुनै ठेक्का टेण्डर भर्दै हिड्न नमिल्ने कुरा बताएका छन् । उनले यसबारे छानबिन गर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *