जनसेवा सहकारीको बार्षिकोत्सबमा ३९ प्रिन्ट रगत सँकलन

माघ २१ गौरीगञ्ज । झापाको गौरीगञ्ज ३ स्थित जनसेवा बचत तथा ऋण सहकारी सँस्थाको १८ औँ बार्षिकोत्सको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रेडक्रस सोसाइटी गौरीगञ्ज उपशाखाको प्राबिधिक सहयोगमा भएको रक्तदानमा ३९ प्रिन्ट रगत सँकलन भएको कुरा उपशाखाका सभापती यादव रिजालले बताएका छन् ।