मदन राजवँशी मनप्रीत
हुलाकी राजमार्ग को काम अघि बढाउन मोरङ को रँगेली नगरपालिका का मेयर दिलिप बगडियाले आफ्नै भतिजको घरमा डोजर चलाएर देश भरी का बिकाश प्रेमी जनताको माझ वाहवाही कमाएका थिए , जसले गर्दा रँगेली नगर क्षेत्र भित्र समयमै हुलाकी सडक को काम अघि बढ्यो । यता झापाको गौरीगञ्ज गाउँपालिका मा भने जनप्रतिनिधि हरुकै अकर्मण्यता का कारण वडा नँ ३ को बजार क्षेत्रमा हुलाकी सडक को काम अघि बढ्न सकेको छैन । सडकको दायाँबायाँ को जग्गा खालि गराउने कुरामा मुख्यतः जनप्रतिनिधि हरुले आफ्नै निर्णयमा अडिग रहन नसक्दा यस क्षेत्रमा बिबाद बढ्दै गएको हो ।
हुलाकी सडक निर्देशनालय ले साबिकको चलनचल्तीमा रहेकोले सडकलाइ आधार मानेर बजार क्षेत्रमा सडकको केन्द्र बाट दायाँबायाँ १५-१५ मिटर खालि गराउन गाउँपालिका लाइ परिपत्र जारी गरेको थियो । सो परिपत्र अनुसार गाउँपालिका ले सडक खालि नगराइ स्थानिय अमिनहरुको भरमा जग्गा नापेर सडक खालि गराउन खोज्दा बिबाद बढ्दै गएको हो । सामान्यतया बिबाद भए नापि कार्यलयको रोहबरमा सरकारी अमिन राखेर सडक छुट्याउनु पर्ने हो । हुलाकी सडक निर्देशनालय ईटहरी का पुर्व योजना प्रमुख रमेश सिंह ले पनि बिबादित क्षेत्रमा नापि कार्यलयको रोहबरमा सरकारी अमिन राखेर सडक छुट्याउनु पर्ने कुरा बताएका थिए तर गौरीगञ्ज का जनप्रतिनिधि हरुले बजार क्षेत्रमा दर्जनौ पटक सडक नापेपनि सरकारी अमिन बोलाएका छैनन् प्रत्येक पटक स्थानिय अमिनको भरमा सडक नापदै आएका छन् । स्थानिय अमिनको हरेक पटकको नाप जाँच फरक फरक हुदै आएकाले स्थानियहरय हरेक पटक प्रतिकार गर्दै आइरहेका छन् ।
सडकको दुबै किनाराको घर सँरचना खालि गराउने बिषयमा गत बर्ष बारम्बार बिबाद भएपछी गत बर्ष को फागुन देखि बजार क्षेत्रमा काम अलपत्र परेको हो । हिउदको सिजन सकिनै लाग्दा समेत सडकमा काम शुरुेहुन नसकेपछि यो बर्ष बर्खाको बेला आम जनताले सास्ती बेहोर्नु पर्छ कि भनि स्थानिय हरुमा शँका उत्पन्न हुन थालेको छ । गत माघ २६ गते वडा नँ ३ ले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम मा पुर्व गाबिस अध्यक्ष घनश्याम रिजाल ले गौरीगञ्ज बजार क्षेत्रमा हुलाकी सडक को काम किन शुरु नभएको हो भनि प्रश्न समेत उठाएका थिए । त्यसको जवाफ दिँदै वडाध्यक्ष मखना महतो ले दुइ दिन मै काम शुरु गराउने जवाफ फर्काएका थिए । तर उनले जवाफ दिएको १५ दिन बिति सक्दा समेत हुलाकी सडक को बजार क्षेत्रको बिवाद सुल्झिन सकेको छैन ।
गत बर्ष देखि नै स्थगित रहेको बजार क्षेत्रमा काम शुरु गर्न गत बुधबार वडाध्यक्ष मखना महतोले नहर बाट पश्चिम पुन: नापजाँच शुरु गरेका थिए । यस पटक पनि उनले सरकारी अमिन बोलाएनन् बरु ठेकेदार कै सब-ईञ्जिनियर मार्फत नाप्न लगाए । यस पटकको नापमा पनि जनताले चित्त बुझाउन सकेनन् गत बर्ष को नाप अनुसार गाउँपालिका को अनुमति लिइ बनि सकेका नयाँ घरहरु समेत भत्किने गरि यो नापजाँच भएको थियो ।स्थानिय भक्त कार्की र पबन रौनियारले गाउँपालिका कै अनुमति लिएर गत बर्ष को नाप अनुसार आफुहरुले घर बनाएको र बुधबारको नापिले पुन: घर भत्काउनु पर्ने गरी चिन्ह लगाएको बताएकाछन् । गाउँपालिका कै अनुमति मा बनेको नयाँ घरलाइ असर पर्ने गरि नाप्न थालेपछि पुन: स्थानिय हरुले बिरोध गरि बुधबारपनि नापि कार्य स्थगित भएको थियो ।
माघ २६ गतेको सार्वजनिक सुनुवाई कार्यक्रम मा स्थानिययुवा दिपेन्द्र कार्की ले वडाध्यक्ष महतोलाइ सडक वनाउदा सडकमा गरिब को जग्गा परे गरिब लाइ प्रहरी लगाई थुनेर भएपनि सडक खन्ने वडाध्यक्ष ले धनिले बिरोध गरे थुन्न किन नसकेको भनेर ठाडो प्रश्न गरेकाथिए । जसको जवाफ नै वडाध्यक्ष ले दिएनन् ।
हुलाकी सडक दाँयाबाँया जनप्रतिनिधि हरुले आफन्त तथा कार्यकर्ता हरुको घर जग्गा जोगाउने र आम जनतालाइ पेलेर सडक ल्याउन लागेको आरोप यहाँका जनप्रतिनिधि हरुलाइ लाग्दै आएको छ । सडक विवाद भएर एक बर्ष सम्म काम रोकिदा समेत हुलाकी सडक निर्देशनालय को परिपत्र अनुसार काम नगर्नु र सरकारी अमिन समेत नबोलाउनुले जनताको यो आरोप चरितार्थ हुदै गएको छ । बर्षौ को प्रतिक्षा पछि बल्ल बन्न लागेको हुलाकी सडक बाङ्गोटिङ्गो बन्नु र एक युगमा एक पटक बन्न लागेको सडक ले कसैको जग्गा जोगाउनु र कसैको जग्गा नासिनु हुदैँन भन्ने कुरामा जनप्रतिनिधि हरु सचेत हुन जरुरी छ ।
वडा नँ ३ मा गौरीया पुल देखि नहर सम्मको क्षेत्रमा सीमा बिबाद छ । त्यसो त गौरीगञ्ज चोक देखि गेउरिया पुल सम्मको सडकको सीमाना बिबाद पनि गाउँपालिका आफैले खडा गरेका हुन् । गाउँपालिका आफैले एक पटक गरेको निर्णयमा आफै अडिक रहन नसक्दा यो बिबाद को बिजारोपन भएको हो । हुलाकी सडक कालोपत्रे गर्न ठेक्का लागि सकेपछी गत बर्ष पुस ३ गते गौरीगञ्ज गाउँपालिकाका शाखा अधिकृत बिरेन्द्र खड्काको नेतृत्वमा चलन चल्तिको सडकलाइ नै आधार मानी सडकको केन्द्र बाट दुबै छेउ १५— १५ मिटर छुट्याएर सीमा निर्धारण गरेका थिए । तर स्थानीय हरुले बिबाद गरे पछी भोलि पल्ट स्थानीय अमिन बोलाएर सडक सीमा छुट्याउने काम गरेको थियो । त्यस पछी पनि जनताले चित नबुझाएपछी गत बर्ष नै फागुन १७ गते पाचौ पटक स्थानीय अमिन बोलाएर सडक नापिएको थियो तर समस्या समाधान हुनुको साटो झन बल्झियो । प्रत्येक पटकको नापीमा कहिले सडक उत्तर त कहिले दक्षिण सरि रहेको छ । अब यस स्थितीमा आम जनताले कुन नापीलाइ सदर मान्ने भन्ने कुरा बिबादित बनेको थियो । सरकारी अमिन बोलाएर सडक नापिनु पर्ने अधिकाँश स्थानीयहरुको माग भएपनि वडाध्यक्ष महतोले सरकारी अमिन बोलाउनुको सटो उनले स्थानीय अमिन बोलाएर सडक नाप्ने नाममा झार्रा टार्ने काम गरिरहेका छन् । आखिर वडाध्यक्ष महतोले सरकारी निकायबाट सडक नाप्न किन डराइरहेका छन् ? यो रहस्यको बिषय बनेको छ । वडाध्यक्ष ले बिबाद सुल्झाउन नसकेको अवस्थामा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपेन्द्र थापा समेत मौन बस्नुले यो रहस्य लाइ झन अन्धकारमा पारेको छ । गत चैैत ५ गते उक्त सडक डिपिआर अनुसार नापिएको थियो सो नापिमा सडक चलन चल्तीको भन्दा पुरै दक्षिण सकेपछी बिबाद झन चर्किएको थियो ।
हुलाकी सडकको गौरीगञ्ज क्षेत्र को निर्माण को ठेक्का पाएको ठेकेदार कम्पनी मोतिदान कन्सट्रक्सन को प्रोजेक्ट म्यानेजर दिपक श्रेष्ठ ले स्थापित सरकारले बिबाद नसुल्झाएसम्म वडा नँ ३ को बजार क्षेत्रमा काम नगर्ने बताएका छन् । अहिले रतुवा देखि कमल खोला सम्मको १४ नँबरको ठेक्का अनुसार हुलाकी सडकको काम ६० प्रतिशत सम्पन्न भइसकेको छ भने आउदो आर्थिक वर्ष को असोजमा सडक निर्माण सम्पन्न गरि सरकार लाइ हस्तान्तरण गर्ने योजना रहेको कुरा म्यानेजर श्रेष्ठ ले बताएका छन् ।