जनकपुरमा आज रातिदेखि कर्फ्यु आदेश

पढ्न समय: 1 मिनेट

१९ साउन, धनुषा । जनकपुरधाममा आज सोमवार राति १२ वजेदेखि निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ । धनुषाका सिडिओ प्रेमप्रसाद भट्टराईले सोमवार राति १२ बजेदेखि लागु हुनेगरी एक हप्ता सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जनाएका छन् । पुर्वमा कपिलेश्वर बस पार्क, उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको जनकपुर ढल्केबर सडक खण्डमा पर्ने औरहि खोलाको पुल, पश्चिममा कुर्थाजाने बाटो र बसबिट्टि जाने बाटो, दुधमति पुल र दक्षिणमा बनौलि मोड बसैया रोडको सोनासति मन्दिर प्रबेश सभा जाने मोड बिचको क्षेत्रमा निषेधाज्ञा जारि गरिएको हो ।
कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि आगामी आइतबार राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए।


अत्यावश्यक काम बाहेक बिना पास घरबाट बाहिर निस्किए कारवाही गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । निषेधाज्ञाको समयमा औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, एम्बुलेन्स लगायत संचालनमा रहने जनाइएको छ ।
स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभर निषेधाज्ञा जारी गरिएको हो।
उच्च अदालत जनकपुरका एक न्यायाधीश, प्रादेशिक अस्पताल जनकपुरधामका तीन नर्स, सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीसहित सैयौं व्यक्तिमा कोरोना पुष्टि भइसकेका छन् भने सँक्रमणका कारण १ को मृत्यु भइसकेको छ ।‌

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्