छुरा प्रहार गरि युवतीको हत्या

पढ्न समय: 1 मिनेट

भदौ २८, बिर्तामोड । तीन ठाउँमा छुरा प्रहार गरेर अर्जुनधारा –६ महानन्द चोकमा आज साँझ एक युवकले युवतीको हत्या गरेका छन् । प्राप्त सूचना अनुसार छुरा प्रहारबाट इलाम फिक्कलकी १९ वर्षीया मनिषा लोहारको मृत्यू भएको छ ।

उनको घाँटी, छाती र कोखमा छुरा प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।पटक–पटक छुरा प्रहार गरेपछि स्थानीयले कैलालीका २० वर्षीय अनिल विकलाई पक्राउ गरेका थिए । तत्कालै युवतीको उपचारका लागि विएण्डसी पुर्याइएको थियो । युवतीको उपचारका क्रममा मृत्यू भएको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्