छठ हेर्न गएका बालकको छुरा प्रहार गरी हत्या

पढ्न समय: 1 मिनेट

मोरङको उर्लाबारीमा १४ वर्षीय बालकको छुरा प्रहारबाट हत्या भएको छ। छठको रमझम हेर्न आइतबार राती उर्लाबारी-७ स्थित मावा खोला पुगेका दियुष श्रेष्ठको हत्या भएको हो।

छुरा प्रहारबाट ज्यान गुमाएका बालक दियुष झापाको दमक निवासी हुन। दमक- १० का धनबहादुर श्रेष्ठका छोरा उनी छठ हेर्न मावा आएको र त्यही बेला छुरा प्रहार भएको प्रहरीले जनाएको छ। मावा खोला झापा र मोरङको सीमा छुट्याउने खोला हो।

- Advertisement -
Ad image

उनीमाथि कसले छुरा प्रहार गर्‍यो खुलेको छैन। तर, शंकास्पद समूह पहिचान भएको प्रहरी भनाइ छ। उनीमाथि राति १०:२५ बजेतिर छुरा प्रहार भएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।

छुरा प्रहारबाट घाइते भएका बालकलाई अस्पताल पुर्‍याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको थियो। झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा सोमबार बिहान ४:५० बजेतिर उनको मृत्यु भएको कोइरालाले जानकारी दिए। छुरा प्रहारबाट दियुषको बायाँ कोखादेखि तलको भागमा चोट लागेको थियो।
(सेतोपाटी डटकम बाट )

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्