चुरियामाईमा बस दुर्घटनाग्रस्त: ७ जनाको मृत्यु

पढ्न समय: 1 मिनेट

भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। काठमाडौंबाट जनकपुर जाँदै गरेको प्रदेश २–०३–००१ ख ७९९४ नम्बरको बस बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा राति करिब १ बजे दुर्घटनाग्रस्त भएको बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

मृत्यु हुनेमा ४ जना महिला र ३ जना पुरुष रहेका छन्। मृतकमध्ये ६ जना भारतीय र एकजना नेपाली हुन्। ३ जनाको घटनास्थलमै र ४ जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ।‌

- Advertisement -
Ad image

घाइते १७ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेमा एकजना नेपाली पनि रहेको खुलेको छ। सनाखत हुन बाँकी छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्