असार १५, गौरीगञ्ज । सोमबार रातिदेखि भईरहेको अबिरल वर्षाका कारण बनियानी लगायतका खोलाहरूको पानी बस्ती क्षेत्रमा पस्दा गौरीगञ्ज १ का करिब २ सय ५० भन्दा बढि परिवार बिस्थापित भएका छन् । सो क्षेत्रम जलमग्न भएर घरमा खाना पकाउने अबस्था नहुँदा बिस्थापित भएका हरु जनप्रतिनिधि हरुले दिएका चिउरा भुजा तथा चाउँचाउ जस्ता सुक्खा खानाका भरमा दिन कटाउन बाध्य भएका छन् । विस्थापित भएका हरु कुञ्जिबारि हाटको टहरा, रामजानकी स्कुल भन्सार चोक तथा अग्लो सडक मा पाल टाँगेर बसेका छन् भने कतिपयले आफन्तको घरमा शरण लिन पुगेका छन् ।

वालुबाडी गाउँका ३३ परिवार मध्ये अधिकांश हरु अग्लो ठाउँमा आफन्तको घरमा गएर बसेका छन् भने विश्वकर्मा टोलका १० परिवार लाई रामजानकी स्कुल मा राखिएको छ । त्यसैगरी केहि विस्थापित हरु कुञ्जिबारी बजार को टहरामा बसेका छन् ‌ । धनगाडाका बढी स्थापित हरु आफन्तको घरमा गएर बसेका छन् भने कतिपयले हुलाकी सडक मा पाल टाँगेर बसेका छन् ।

बर्षाका कारण रुख तथा पोल ढलेर रात भरि सो क्षेत्रमा विद्युत प्रसारण अबरुद्ध हुँदा मोवाइल सम्पर्क समेत बिच्छेद भएको कुरा स्थानीय युवा भवानी काफ्ले ले जनाएका छन् । “नमस्ते को नेटवर्क छ तर एनसेल को नेटवर्क राति देखि नै छैन ” – उनि भन्छन् ” एनसेल प्रयोगकर्ता हरु सँग सम्पर्क बिच्छेद भएको छ ।” फोन सम्पर्क गर्न नसक्दा उद्दार कार्यमा पनि कठिनाइ भएको छ ।

गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्यौपाने कुँवर का अनुसार बिस्थापित भएका परिवारको तथ्याङ्क सँकलन कार्य भइरहेको छ । उनका अनुसार वडा नं १ बाट अहिले २ सय ५० देखि ३०० परिवार बिस्थापित भएक हुन सक्ने अनुमान गरिएको छ । झोलुङ्गे पुल छेउको बस्ती, धनगाडा, बिश्वकर्मा टोल, ईश्वर बस्ती, अधिकारी टोल कादगाउँ, बाङ्गेटिल, बालुबाडी, लगायतका गाउँहरुमा बढि क्षति भएको कुरा उनले बताइन् ।
रेडक्रस सोसाइटी उपशाखा गौरीगञ्जका सभापति यादव रिजाल का अनुसार वडा नं १ मा २ सय ६३ परिवार बिस्थापित भएका छन् ।

नदिमा पानीको सतह कम हुँदै गएपनि पानी पर्न नरोकिएकाले विस्थापित भएका परिवारहरु घर फर्किने अवस्था नरहेकोले कुरा उपाध्यक्ष न्यौपानेले जानकारी दिए । उनिहरुलाई भुजा चाउँचाउ पानी लगायतका खाने कुरा हरुको व्यवस्था वडा तथा गाउँपालिका बाट गरिएको छ ।