चाँड पर्व लाइ लक्षित गरि गौरीगञ्जको सुरक्षा अबस्थामा कडाइ : दसैमा मेला नलाग्ने

पढ्न समय: 1 मिनेट

चाँड पर्व लाइ लक्षित गरि गौरीगञ्जको सुरक्षा अबस्थामा कडाइ : दसै मेला नलाग्ने
कार्तिक २ गौरीगञ्ज । दसै तिहारलाइ लक्षित गरि गौरीगञ्ज क्षेत्रको सुरक्षा अबस्थामा कडाइ गरिने भएको छ ।‌आइतबार इलाका प्रहरी कार्यालय गौरीगञ्जमा बसेको स्थानिय सरकारका प्रतिनिधी, राजनैतिक दल तथा सँघ सँस्थाका प्रतिनिधी सरोकारवाला र सुरक्षा निकाय प्रतिनिधीहरुको भेलाले सो निर्णय गरेको छ । कोरोना महामारी समुदाय स्तरमा भयावह बन्दै गएको बेला दसै को अबसरमा गौरीगञ्जका बिभिन्न वडाहरुमा लाग्ने मेला बजारहरु नलगाउन गाउँपालिका बाट निर्णय गराउने निर्णय गरिएको छ । यसबारे भोली सोमबार गाउँ कार्यपालिकाको बैठकले निर्णय गर्ने कुरा गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताएका छन् । यस बाहेक आतिसबाजी र पटाका जन्य बस्तुको बिक्री बितरण गर्न नदिने, भिडभाड हुन न दिने, जुवा तास र डाइस जन्य गतिबिधी पुर्ण रुपमा बन्द गराउने, चाड पर्वको बेला मापसे हुने र मादक पदार्थ सेवन गरि सवारी चलाउँदा दुर्घटना हुने भएकाले मापसे चेक जाँचमा कडाइ गर्ने , सीमा नाकामा पारीपारीको आवतजावत बन्द गराउने, सुरक्षात्मक उपायका सँबन्धमा माइकिङ् गराउने, लागु औषध ओसार पसार नियन्त्रण गर्ने र बजार पसलहरु राति ८ बजेसम्म मात्र खुल्ला राख्न दिने लगायतको निर्णय गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्