साउन २३ गौरीगञ्ज । पछिल्लो समय गौरीगञ्ज गाउँपालिका भित्र मौलाउँदै गएको बिकृती बिरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी गौरीगञ्ज गाउँ कमिटीले पनि ध्यानाकर्षण पत्र बुझाएको छ । राप्रपा गौरीगञ्ज गाउँ कमिटी अध्यक्ष गणेश पोख्रेल सचिब खड्गबहादुर भण्डारी तथा गौरीगञ्ज गाउँपालिकाका पुर्व अध्यक्ष बाबुराजा श्रेष्ठ सहितको टोलीले गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशी र उपाध्यक्ष पुजन न्यौपाने कुँवरलाइ ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ध्यानाकर्षण पत्रमा गाउँपालिकाले सरकारी मुल्याँकन अनुसार लागु गरेको मालपोत शुल्क चर्को र अब्यवहारीक भएकाले साबिककै मालपोत कायम गर्नु पर्ने । किसानले उत्पादन गरेका खाद्यान्न लगायतका कृषि उपजहरुमा देशभर कर नलाग्ने नियम बिपरित गौरीगञ्ज गाउँपालिकाले बिधिन्न बहाना देखाइ धान गहुँ मकै लगायतका खाद्यान्न हरुमा लगाएको एरिया निकासी कर तुरन्त खारेज गर्नु पर्ने । अन्य साम्रीहरुमा बृद्धि गरिएको एरिया निकासी कर पुनर मुल्याँकन हुनु पर्ने । वडा नँ ५ चिल्हारा स्थित जनता आधारभुत प्राबिमा गठन भएको अबैधानिक बिब्यस खारेज गरि पुनरगठन गर्नु पर्ने । तथा गौरीगञ्ज गाउँपालिकाका प्रवक्ता बद्री नारायण यादबले आफु माथि लागेको आरोप खण्डन गर्नुको साटो प्रश्न सोध्नेलाइ आफ्नो पदिय दायित्व र मर्यादा बिपरित सामाजिक सञ्जालमा गाली गलैज गरेको घटनाको छानबिन गरि कारवाही गर्नुपर्ने माग राख्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।
यस अघि गौरीगञ्ज गाउँपालिकाले बृद्धि गरेको अब्यवहारिक मालपोत शुल्क बिरुद्ध नेपाली काँग्रेस नेकपा एमाले र नेकपा माओबादी केन्द्रले छुट्टा छुट्टै ध्यानाकर्षण पत्र बुझाइ सकेका छन् भने । एरिया निकासी मा गरेको चर्को शुल्क बृद्धि बिरुद्ध उद्योग बाणिज्य सँघले समेत आइतबार ध्यानाकर्षण पत्र बुझाएका थिए ।