असार ३ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाको अघिल्लो सरकारको पालामा पठाइदै गरेको गौरीगञ्जका वडाहरुको सिलिङ वजेटमा यो वर्ष ब्यापक कटौती गरिएको छ । नयाँ जनप्रतिनिधि आएपछी वडाहरुको नियमित सिलिङ बजेटमा झण्डै ४५ प्रतिशतले कटौती गरीएको हो ।
गत जेठ ३१ गते गाउँपालिका अध्यक्ष फुलवती राजवँशी आफै सँयोजक रहेको श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितीको बैटकले वडा नँ १ लाइ ४५ लाख र अन्य ५ वटा वडाहरुलाइ ४० लाख का दरले सिलिङ बजेट निर्धारण गरेको हो । यस अघि अघिल्लो स्थानिय सरकारमा वाबुराजा श्रेष्ठ अध्यक्ष र दिपेन्द्र थापा उपाध्यक्ष हुँदा हरेक वर्ष वडा नँ १ लाइ रु ८० लाख र अन्य वडाहरुलाइ ७२ लाखका दरले सिलिङ वजेट दिइदै आएको थियो ।
अघिल्लो स्थानिय सरकारका तिन वटा वडाध्यक्ष पुन निर्वाचित भएर वर्तमान स्थानिय सरकारमा दोहोरीएका छन् । अचम्म त के छ भने अधिल्लो सरकारमा ८० लाख र ७२ लाख बजेट दिदा पनि चित नबुझाउने ति वडाध्यक्षहरु अहिले ४५ प्रतिशत बजेट कटौति गर्दा समेत कुनै बिबाद गरेनन् । अघिल्लो सरकारका बेला वडाको सिलिङ बजेट निर्धारण गर्दा वडाध्यक्षहरुको चित्त नबुझेर बिबाद हुने गरेको र बजेट नसर्धारण प्रकृया नै लम्विने गरेको थियो । यस पटक भने अध्यक्ष र उपाध्यक्ष दुबै महिला निर्वाचित भएकाले सिलिङ बजेटका लागि वडाध्यक्षहरुलाइ बार्गेनिङ गर्न बैठकमा अघिल्लो बर्ष हरयमा जस्तो उद्दण्ड शैली नदेखिएको बुझिएको छ ।
अघिल्लो सरकारमा हुँदा ८० बजेट पनि कम हुने वडामा यस पटक रु ४५ लाख मात्र बजेट पर्यो नि ! अब यति थोरै बजेटले के गर्नु हुन्छ भन्ने प्रश्नमा वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशी भन्छन् − यस पटक माथि बाटै बजेट घटेर आएका बजेट कटौती भएको हो तर यो बजेट पर्याप्त चाँही छैन । वडा नँ १ बर्षै भरि दैबिक प्रकोप तथा बिपद आइ परि रहने वडा हो । यति बजेटले त यहाँका खोलाहरु पनि नियन्त्रण गर्न सकिदैन ।
त्यसै गरि वडा नँ ५ का वडाध्यक्ष बिजय सिँह गन्गाइ भन्छन् − सलिङ बजेट निर्धारणको बेला म उपस्थित थिइन । अघिल्लो ५ बर्ष सम्म ७२ लमख बजेटमा काम गर्दा पनि बजेट अपुग हुन्थ्यो । यो पटक ४० लाखले पुग्छ भन्ने कुरै भएन । यस बिषयमा हामी गाउँसभामा कुरा उठाउँछौ । वडाध्यक्ष गन्गाइ पनि अघिल्लो सरकारबाट पुन दोहोरिएका वडाध्क्ष हुन् ।
वडा नँ ६ का वडाध्यक्ष बद्रि नारायण यादव पनि अघिल्लो स्थानिय सरकारमा वडाध्यक्षका अनुभव बटुलिसकेका वडाध्यक्ष हुन् । हरेक चिजको महँगी बढेको बेला तपाइको वडामा ४० लाखको बजेटले पुग्छ त भन्ने प्रश्नमा उनि भन्छन् − हुन त यो रकम अपुग नै हो ४० लाखको करिव आधा रकम त लक्षित बर्गकै कार्यक्रममा सक्किन्छ बाँकी आधा रकमले कुनै ठोस योजना सञ्चालन गर्न सकिदैन तर यस पटक ठुला योजनाहरु गाउँपालिकाको केन्द्रिय बजेट बाट सम्पन्न गराउने सोचमा छौ ।