ट्राफिक सप्ताहको पाचौ दिनको आज शनिबार गौरीगञ्ज तथा गौरादहमा बिभिन्न कार्यक्रम हरु गरिएको छ ।‌‌

कार्यक्रम अनुसार गौरादह -७ र गौरिगन्ज ६ मा बिभिन्न सवारी साधनका चालक हरुको स्वास्थ चेक जाच गरिएको छ भने ग्यारेजका सञ्चालक तथा प्राबिधिक हरु सँग सहकार्य गरी यान्त्रीक चेक जाच र बिभिन्न सवारी साधनका चालक हरु लाइ ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएको कुरा गौरीगञ्ज ट्राफिकका ट्राफिक ईञ्चार्ज शँकर यादवले बताए । सवारीमा राखिएका अनावस्यक स्लोगन मेटाई ट्राफिक नियम लेखिएका स्टिकर टास समेत गरिएको कुरा गौरीगञ्ज ट्राफिकले बताएको छ ।