बैशाख २१ गौरीगञ्ज । गौरीगञ्ज ६ खजुरगाछी का एक पुरुषलाई कोरोना सँक्रमण पुष्टि भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । ७० वर्षिय पुरुष को स्वास्थ्य मा समस्या आई दमकमा परीक्षण गर्दा पोजेटिभ देखिएको र सोमबार बेलुकी स्वास प्रश्वास मा कठिनाइ देखिएपछि उनलाई बिराटनगर लागिएको कुरा बताइएकोछ । उनलाई बिराटनगर स्थित कोभिड अस्पतालमा भर्ना गरिएको कुरा प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी का प्रमुख अनुप सेढाई ले जनाएका छन् ।