चैत २४, गौतीगञ्ज । गौरीगञ्ज ५ स्थित बालुगाउँमा गएराति एक युवा ले झुण्डिएर आत्महत्या गरेका छन् । अन्दाजी ३० बर्षका मोहनदेब भनिने जगतबहादुर ताजपुरिया सोमबार राति करिब ९ बजेको समयमा आफ्नै घरको शौचालय जाने बाटोमा बनेको कटेरोमा झुण्डिएको अवस्थामा मृत फेला परेको कुरा ईलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
गएराति आफ्नी श्रीमती सँग घरायसी झगडा भएको र झगडाकै क्रममा उनले श्रीमती राजकुमारी ताजपुरिया माथि धारिलो हतियार प्रहार गरि आफुले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने कुरा स्थानिय हरुले बताएका छन् । श्रीमती राजकुमारी ताजपुरिया को हात पाखुरा तथा पेटमा गहिरो चोट लागेको र उनको बिराटनगर स्थित बिराट नर्सिङ होम को सघन उपचार कक्षमा राखेर उपचार गराइरहेका कुरा प्रहरी ले बनाएको छ । मृतक श्रीमानको लास लाई गएराति नै ईलाका प्रहरी कार्यालय गौरीगञ्जबाट गएको प्रहरी टोलीले मुचुल्का उठाएर पोस्ट मार्टम का लागि पठाइएको बुझिएको छ ।