स्थानियहरुले आज दिउसो गौरीगञ्ज ४ स्थित सीमा प्रहरी चौकी भवानीपुर घेराउ गरेका छन् । दुइजना स्थानिय महिला र लतिझुला बिओपीमा कार्यरत दुइ जना सशस्त्र प्रहरीका जवानहरुलाइ रातको समयमा नचशाकास्पद अबस्थामा देखेपछी प्रतिकारमा उत्रेका स्थानिय युवाहरु माथी ति महिलाहरुले आफ्नो चरित्र हत्या गरेको भनि उजुरी दिएपछी स्थानियहरुले ति महिलाहरुलाइ गाउँ निकालाको माग गर्दै चौकी घेराउ गरेका हुन् ।
गत मँगलबार राती करिव ८ बजेको समयमा वडा नँ ४ का दुइ स्थानिय महिलाहरु गौरीया खोलाको मसान घाट तिर जादै गरेको देखेर शँका लागि स्थानिय अजय ताजपुरिया लगायतका युवाहरु पनि केहि बेर पछी मसान घाट पुगेका थिए । स्थानिय युवाहरु त्यहा पुगेपछी आफुहरुलाइ देखेर ति महिलाहरु लुकेको र सोहि स्थानमा दुइ जना शसस्त्रका जवानहरु पनि भेटीएको कुरा स्थानिय अजय ताजपुरियाले बताएका छन् । दिउसै पनि सो मसान घाटमा एक्लै जान डर लाग्ने अबस्थामा रातको समयमा दुइ महिलाहरु किन त्यता गएको भनि निगरानी गर्न आफुहरु त्यहा पुगेको स्थानिय युवाहरुले बताएका छन् । स्थानिय युवाहरु निगरानी गर्न मसान घाट पुगेपछी ति महिलाहरुले उल्टै हिजै बुधबार सीमा प्रहरी चौकीमा युवाहरु बिरुद्ध मानहानी र चरित्र हत्याको आरोप सहितको उजुरी दिएपछी आज स्थानियहरुले सीमा प्रहरी चौकी घेराउ गरेका हुन् ।
स्थानियहरुले ति दुइ महिला र शसस्त्रका जवानहरु बीच पहिला देखि नै अनैतिक सँबन्ध रहेको आरोप लगाएका छन् ।

तर ति महिलाहरुले शसस्त्रका जवानहरु सँग कुनै अनैतिक सँबन्ध नरहेको बरु आफुहरु ब्यापारी रहेको र भारतबाट तस्करीको सामान आउने भएकाले सामान लिन आफुहरु रातको समय त्यता गएको बताएका छन् । तर स्थानियहरुले ति महिलाहरु ब्यापारी नरहेको बताएका छन् ।

स्थानियहरुको आक्रोसित भिडले प्रहरी चौकी घेरेपछी ति महिलाहरुले आफ्नो गलती स्विकार्दै समाजसँग सार्वजिक रुपमा क्षमा याचना गरेका छन् भने उजुरी समेत फिर्ता लिएका छन् । ति महिलाहरुले दिएको उजुरी सार्वजनिक रुपमा च्याते पछी मात्र आक्रोसित भिड केहि मन्थर भएको थियो । तर स्थानियहरुले यस प्रकरणमा शसस्त्र प्रहरीका आरोपित जवानहरुलाइ समेत कारवाहीमा माग गरेका छन् ।

यस बिषयमा बुझ्न खोज्दा फतेपुर बिओपीका डिएसपी अश्वीन थापाले ति आरोपित जवानहरुको नाम खुलाउन चाहेनन् तर उनले ति आरोपित जवानहरुलाइ बिभागिय कारवाहीका लागि जिल्ला पठाइ सकेको बताएका छन् ।