बैशाख ७ गौरीगञ्ज । वडा नँ ३ को वडा कार्यालय भवन निर्माणका लागि उपभोक्ता समिति ले गाउँपालिका सँग गरेको सँझौताको सँझौता पत्र नै शँकास्पद देखिएको छ । सो समिति ले भवन निर्माण का लागि गरेको सँझौता पत्रमा समिति गठनको मिति नै शँकास्पद देखिएको हो । वडा नँ ३ को कार्यालय मा रहेको समिति गठन माईन्युट खातामा सो समिति चैत १९ गतेको मिति मा गठन भएको देखिन्छ तर गाउँपालिका सँग गरिएको सँझौता पत्र मा सो समिति चैत १५ गते नै गठन भएको उल्लेख छ ।
हेर्नुहोस समिति गठनको मिति नै दुइ किसिमको रहेको सँझौता पत्र र समिति गठनको माईन्युट –
यसअघि सो योजनामा सिताराम खड्का लाइ अध्यक्ष बनाउन मिति खालि राखेर पछी केरमेट गरिएको माईन्युट समितका शँकास्पद कागजातहरु गौरीगञ्ज दर्पण ले सार्वजनिक गरिसकेको छ ।
वडाध्यक्ष मखना महतो को रोहबरमा गुपचुपमा गठन गरिएको उपभोक्ता समिति माथि शँका लागेपछि सो समिति ले भवन निर्माण कालागि गाउँपालिका सँग गरेको सँझौता को फायल लगायतका सुचनाको माग गरि गौरीगञ्ज दर्पण डटकम ले चैत २९ गते निबेदन दर्ता गराएको थियो ।
सो समिति मा गौरीगञ्ज गाउँपालिकाले जारी गरेको उपभोक्ता समिति गठन, परिचालन र व्यवस्थापन सँबन्धीको कार्यविधि बिपरित यसअघि योजना फरफारक नगरेकै समिति को सचिव लाई अध्यक्ष बनाफएको छ । ठेकिटोल स्वास्थ्य चौकी जाने सडक उपभोक्ता समिति का सचिव सिताराम खड्का लाई सो योजनाफरफारक नै नभइ वडाध्यक्ष मखना महतो को रोहबरमा गैर कानुनी रुपमा अध्यक्ष बनाईएको पाईएको छ । समिति को बैधानिकता माथि प्रश्न उठेपछि गाउँपालिका अध्यक्ष ले सो समिति माथि छानबिन गर्नुको साटो गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले नै सोहि समिति लाई निरन्तरता दिदै बैशाख ३ गते भवनको शिलान्यास गरेका थिए ।
यो पनि पढ्नुहोस् –