असोज १७ गौरीगञ्ज । गौरीगञ्जमा पुन: समुदाय स्तरमा कोरोनासँक्रमण देखिएको छ । वडा नँ २ का एक पुरुषमा सँक्रमण पुष्टी भएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । सँक्रमित पुरुष लाइ एक हप्ता अघि ज्वरो आएको र पाखाला चलेको जस्ता लक्षण देखिएपछी उनि उपचारका लागि केहि दिन अघि धरान पुगेका थिए । त्यहा बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पिसिआर परीक्षणका लागि स्वाब दिएर घर फर्किएका उनको आज रिपोर्ट पोजेटिभ आएको कुरा स्वास्थ्य शाखा गेरीगञ्जका प्रमुख रामचन्द्र मिश्रले जनाएका छन् । सँक्रमित पुरुष सरकारी कर्मचारी रहेको बुझिएको छ ।
Facebook Comments