बैखाख १५, गौरीगञ्ज ।गौरीगञ्ज गाउँपालिका वडा नँ १ महाभारतमा सक्रिय सँक्रमित को सँख्या १९ पुगेको छ । सो वडामा हिजो बेलुकी ८ जना र आज ३ जना सँक्रमित थपिएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । हिजो ४ महिला र ४ पुरुष लाई कोरोना सँक्रमण पुष्टि भएको र आज थप २ महिला र १ पुरुष मा सँक्रमण पुष्टि भएको कुरा वडा नँ १ का स्वास्थ्य सँयोजक पिताम्बर भण्डारीले जनाएकाछन् ।
सँक्रमित हरु ५२ देखि ८० बर्ष उमेर समुहको रहेको कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । सँक्रमित हरुको स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ । वडा नँ १ का १९ सहित गौरीगञ्ज गाउँपालिका भरि सँक्रमित हरुको सँख्या २० पुगेको छ ।