बैशाख १४, गौरीगञ्ज । गौरीगञ्ज वडा नँ १ महाभारामा थप एक महिलामा कोरोना सँक्रमण पुष्टि भएको छ । महाभारा की ३६ बर्षिय महिलामा हिजो सँक्रमण पुष्टि भएको कुरा वडाध्यक्ष कार्तिक लाल राजवंशी ले जनाएका छन् ।
शँका लागेर हिजो कोटिहोम स्थित ल्याबमा स्वाब परिक्षण गराउदा रिपोर्ट पोजेटिभ देखिएको थियो ।यो सँगै गौरीगञ्ज वडा नँ १ मा सकृय सँक्रमित को सँख्या ८ पुगेको छ भने गौरीगञ्ज गाउँपालिका भरि सक्रिय सँक्रमित सँख्या ९ पुगेको छ । सँक्रमण बढ्न थालेपछि वडा नँ १ मा बैशाख २० गतेसम्मको लागि लडाउन गरिएको छ ।