हुलाकी सडक अन्तर्गत झापा र मोरँग जोड्ने रतुवा खोलामा बाँसको पुल राखि एउठा समुहले अनधिकृत रुपमा शुल्क उठाइरहेको पाइएको छ । खोलामा डेढ दशकदेखि पक्कि पुल निर्माण सम्पन्न नहुँदा गौरीगञ्ज स्थानिय सरकारले सो खोलामा डुँगा तथा बाँसको पुल सञ्चालनका लागि ठेक्का लगाउँदै आएको छ । तर यस पालिपनि सो खोलामा प्रति मोटरसाइकल रु ५० का दरले शुल्क उठाउन पाउने गरि कार्तिक १५ गते सम्मको लागि मात्र ठेक्का दिइएकोमा एउटा समुहले हाल सम्म पनि अनधिकृत रुपमा शुल्क उठाइरहेको पाइएको छ ।


अनधिकृत रुपमा शुल्क उठाउने गरेको गुनासो आएपछी गाउँपालिका उपाध्क्ष पुजन न्यौपानेको पहलमा निशुल्क आवत जावतका लागि खोलामा ह्युम पाइप राखेर डाइभर्सन बनाउन शुरु गरिएको थियो तर डाइभर्सनको नाममा अत्यन्तै कमजोर र झार्रा टराइ काम मात्र गरेको र दिउसो बनाएको डाइभर्सन राति अज्ञात समुहले भत्काइ दिने गरेको पाइएको छ ।
अचम्म कुरा त के छ भने राति राति अज्ञात समुहल डाइभर्सन भत्काउँदा पालिका र प्रहरी प्रसाशन अनभिज्ञ छन् भने सो खोलामा बाँसको पुलको ठेक्का अबधि सकिएको डेढ महिना भइसक्दा समेत स्थानिय सरकारले ठेकेदारलाइ न त करको दायरामा ल्याउन सकेको छ न त अनधिकृत शुल्क उठाउने समुहलाइ कारवाहि नै गर्ने चेष्टा गरेको छ । जनताको सेवा गर्ने भनि चुनाबमा भोट मागेको निर्वाचित जनप्रतिनिधिहरुले खोलामा गतिलो डाभर्सन बनाएर जनतालाइ सेवा दिनु पर्ने हो तर बनाइएको डाइभर्सन समेत भत्काउने र अनधिकृत शुल्क उठाउदा समेत मुक दर्शक बनेको स्थानिय सरकार देख्दा गौरीगञ्जमा स्थानिय सरकारको उपस्थिती नै नरहेको जस्तो भान हुन थालेको छ भने स्थानिय सरकार भन्दा ठेकेदार बलियो हो कि भन्ने मान्यता स्थापित हुन थालेको छ ।