१५ साउन गौरीगञ्ज । झापाको गौरीगञ्ज सहित प्रदेश नँ १ का २० स्थानिय तह कोरोना सँक्रमणको उच्च जोखिम भएको पालिका (रेडजोन) को सुचिमा परेको छ । प्रदेश १ का भारतसंग सिमाना जाेडिएका चार जिल्लाका र सो जिल्लाका २० स्थानिय तहलाई काेराेना संक्रमणकाे उच्च जाेखिममा रहेकाे स्थानीय तह (रेडजोन)काे सूचीमा राखिएको हो । सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख एवं प्रवक्ता डा. सुरेश मेहताका अनुसार सुनसरी, माेरङ, झापा र इलामका भारतसंग जाेडिएका स्थानिय तहलाई काेराेनाकाे उच्च जाखिममा राखेकाे हाे ।
जसमा सुनसरीकाे कोशी, भोक्राहा नर्सिङ, हरिनगर,देवानगञ्ज, बर्जु गाउपाँलिका सहित मोरङको बिराटनगर महानगरपालिका, रंगेली नगरपालिका, सुनवर्षी र रतुवामाई नगरपालिका, जहदा र धनपालथान गाउँपालिका झापाको मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका र इलामको सूर्योदय नगरपालिका, माई-जोगमाई, सन्दकपुर र रोङ गाउँपालिकालाई सरकारले जोखिमयुक्त क्षेत्र मानेको छ । उच्च जाेखिममा रहेका ती स्थानिय तहमा विशेष सुरक्षा नितिका साथै परिक्षण संख्यामा बृद्धि गरिने बताइएको छ।
प्रदेश सरकारले कारोना संक्रमण र फैलावटको ‘ट्रेन्ड’लाई आधार बनाइ प्रदेश १ मा जोखिमका दृष्टिले सबैभन्दा खतरामा रहेका जिल्ला र स्थानीय तहको सूची तयार गरी टुंगो लगाएको छ ।
छिमेकी मुलुक भारतसँग सीमा जोडिएका झापा, मोरङ, सुनसरी र इलाम कोरोना संक्रमणका दृष्टिले सबैभन्दा धेरै जोखिममा छन् । अर्थात् यी जिल्लालाई सरकारले उच्च जोखिम क्षेत्र मानिएको छ । जिल्ला मात्र नभएर त्यसभित्रका २० स्थानीय तह संक्रमणको जोखिममा छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उच्च जोखिम, जोखिम र कम जोखिम क्षेत्रलाई रेड, एल्लो र ग्रिनजोनका रूपमा वर्गीकरण गरी सरकारले स्वास्थ्य तथा अन्य गतिविधि सञ्चालन गर्ने प्रदेश संसदलाई जानकारी गराइसकेका छन् ।