चैत १७ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ १ महाभारामा चैत १८ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण टोलि आउने भएको छ । गत १४ गते वडाध्यक्ष कार्तिक लाल राजवंशी को अध्यक्षतामा बसेको वडा नँ १ को वडासमिति बैठकले बिभिन्न ३ वटा केन्द्रबाट परिचयपत्र लागि फोटो खिच्ने ब्यबस्था गर्ने निर्णय गरेको छ । निर्णय अनुसार बाल कल्याण माबि केन्द्र बाट चैत १८ र १९ गते साबिक महाभारा गाबिसको वडा नँ ३ का जनताले २० र २१ गते साबिक महाभारा ४ नँबर वडाका जनताले र २२ गते दुबै वडाका छुटमा परेका जनताले सेवा पाउनेछन् । त्यसैगरी जनकल्याण प्राबि केन्द्र बाट चैत १८ र १९ गते साबिक‌ महाभारा १ का जनताले, २० र २१ गते साबिक महाभारा २ का जनताले, २२ र २३ गते साबिक महाभारा ८ का जनताले, २४, २५ र २६ गते साबिक महाभारा ९ का जनताले र २७ र २८ गते यि वडाका छुटमा परेकाहरुलाई सेवा प्रदान गरिने छ ।
पृथ्वीनारायण प्राबि केन्द्र बाट चैत २३ र २४ गते साबिक महाभारा ५ का जनताले, २५ र २६ गते साबिक महाभारा ६ का जनताले २७ र २८ गते साबिक महाभारा ७ का जनताले सेवा पाउनेछन् ।