गौरीगञ्ज, २१ भदौ । गौरीगञ्ज गाउँपालिका वडा नँ ३ को कार्यालयले वडा भतीका उपभोक्ताहरुलाई लागि खानेपानीको मिटर बितरण गरेको छ । गौरीगञ्जमा खानेपानीको क्षमता अनुसार उपभोक्ता अत्यन्तै न्युन भएको बेला वडामा उपभोक्ता बृद्धि गर्ने उद्देश्यले बडाले खानेपानी जडान गर्न चाहने उपभोक्ताहरुलाई लागि निशुल्क मिटर बितरण गरेको हो ।
वडाध्यक्ष मखना महतोको सभापतित्वमा एक औपचारिक कार्यक्रमको आयोजना गरि १ सय ४८ थान मिटर बितरण गरिएको छ । वडाध्यक्ष महतोले उपस्थित केहि उपभोक्ताहरुलाइ बितरण गरेपछी बाँकी मिटरहरु खानेपानी तथा सरसफाइ उपभोक्ता समितीका अध्यक्ष उमानाथ भण्डारीलाइ हस्तान्तरण गरेको थियो ।
मिटर बितरण पछी वडाध्यक्ष महतोले आफुले वडाका जनताहरुलाइ सहज रुपमा स्वच्छ खानेपानी उपलव्ध गराउने बाचा अनुसार निशुल्क‌ मिटर बितरण गरेको कुरा बताए ।
बडाले निशुल्क मिटर उपलब्ध गराए पछि यो बर्ष तत्कालै मिटर जडान गर्ने उपभोक्ताहरुलाई मिटर को पैसा नपर्ने तथा प्राबिधिक तथा पाइप लगायतको शुल्क मात्र तिर्नु पर्ने कुरा खानेपानी उपभोक्ता समितिका सचिब गँगा राजवँशीले बताए । कार्यक्रममा वडा सदस्य द्वय हेमा आचार्य र सोमनी देवी पासवान इलाका प्रहरी प्रमुख गणेश भट्टराइ, बिओपी खजुरगाछीका प्रमुख बिकास न्यौपाने क्याम्पस प्रमुख सर्वतलाल राजवँशी लगायतको उपस्थिति रहेको थियो भने वडा सचिव अजय शाहले सहजिकरण गरेकाथिए ।