गौरीगञ्ज वडा नँ ३ को वडाध्यक्षमा एमालेका गिरी बिजयी

पढ्न समय: 1 मिनेट

जेठ ७ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ ३ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार श्रवण गिरी बिजयी भएका छन् उनले माओवादी केन्द्र का उम्मेदवार निलहरी काफ्लेलाई ७ मतको झिनो अन्तरले हराउदै बिजयी भएका हुन् ।

- Advertisement -
Ad image

वडामा खसेको जम्मा ३३७१ मत मध्ये एमालेका गिरी ले ८१२ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र का उम्मेदवार निलहरी काफ्ले ले ८०५ मत पाएका छन् । त्यसै गरी महिला वडा सदस्य तर्फ एमाले की शर्मिला राई राजवंशी ले ९१३ मत ल्याएर विजयी भएका छन् भने दलित महिला सदस्य तर्फ एमालेकै मीना पासवान ले ८४२ मत पाएर जितेका छन् ।

खुल्ला सदस्य तर्फ काँग्रेस का शुशिल राई ले ८१० मत र काँग्रेस कै गँगा राजवंशी ले ७५० मत प्राप्त गरि बिजयी भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्