चैत १, गौरीगञ्ज । झापाको गौरीगञ्जमा पनि सर्वसाधारणलाई कोरोना बिरुद्ध को खोप लगाउन थालिएको छ । आज पहिलो दिन गौरीगञ्ज वडा नँ १ मा ३४ जना पुरुष र २३ जना महिला सहित ५७ जना जेष्ठ नागरिक हरुलाइ कोरोना बिरुद्ध को खोप लगाइएको कुरा वडाध्यक्ष कार्तिक लाल राजवंशी ले बताएका छन् । वडाध्यक्ष कार्तिक लाल राजवंशी ले स्वास्थ्य सामग्री हस्तान्तरण गरेर खोप सेवाको शिबिर उद्घाटन गरेका थिए भने जेष्ठ नागरिक विश्व प्रकाश अधिकारीलाई पहिलो खोप लगाई कोरोना बिरुद्ध को खोप लगाउने कामको शुरुवात गरिएको थियो ।

उद्घाटन


वडा नँ १ स्थित महाभारा स्वास्थ्य चौकी मा स्वास्थ्य कर्मी हरु खगेन्द्र अधिकारी, हस्त दाहाल र अम्बिका काफ्ले लगायतले खोपसेवा प्रदान गरेका थिए ।
महाभारा स्वास्थ्य चौकी मा खोप सेवा सहित स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको थियो ‌ स्वास्थ्य शिविर बाट ५९ जनाले स्वास्थ्य सेवा लिएको कुरा चौकीका स्वास्थ्य सँयोजक पिताम्बर भण्डारीले जनाएकाछन् । शिबिरमा स्वास्थ्य कर्मी करण यादबले प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गरेका थिए ।
वडा नँ १ लगायत गौरीगञ्जका ६ वटै वडा हरुबाट जेष्ठ नागरिक हरुलाइ कोरोना बिरुद्ध को खोप लगाउने सेवा आजदेखि शुरु भएको छ ।