झापा, बैशाख १८: कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन गौरीगञ्ज गाउँपालिका लगायत जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।
गौरीगञ्ज लगायत मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल र झापा गाउँपालिकामा सेनाको टोली परिचालन गरिएको नेपाली सेनाको चारआलीस्थित श्रीनाथ गणका प्रमुख सेनानी अमरजङ्ग थापाले बताए ।
गौरीगञ्जमा भने झापाकाे चारआली स्थित नयाँ त्रिनाथ गणका क्याप्टेन संजीव खत्रीकाे नेतृत्वमा ३० जना नेपाली सेनाकाे टाेली परिचालन गरिएको छ ।
गाैरीगंज. ४ स्थित बघुवा प्राविकाे मा अस्थायी क्याम्प राखि उत्त टाेलीले काेराेना भाईरसकाे संक्रमणबाट बच्न , नियन्त्रण गर्न , स्वास्थ्य सम्वन्धी जनचेतना फैलाउन, मास्ककाे प्रयाेगलाई व्यापक बनाउन सीमामा हुने आवतजावतलाई राेक्न, र अन्य सुरक्षा निकायसंग समन्वय गरेर स्वास्थ्य सुरक्षाका अन्य उपायहरूलाई अवलम्बन गरेर आम नागरिकलाई सुरक्षित राख्न बिशेष भुमिका खेल्नेछन् ।
गत वर्ष समेत कोभिड–१९ को महामारी तीब्र गतिमा फैलिएका बेला नेपाली सेनाको टोली दक्षिण झापाको कचनकबल गाउँपालिकामा परिचालन गरिएको थियो ।