• फाल्गुन ६, २०७७
  • Madan Rajbanshi
  • 0

फागुन ६, गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका र कचनकवल गाउँपालिकाले फागुन ७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रजातन्त्र दिवसको अवसरमा विदा दिइएको कुरा दुबै गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृतहरुले जनाएकाछन् ।
गौरीगञ्ज गाउँपालिका ले एक सुचनानै जारी गरेर भोलि सात गते प्रजातन्त्र दिवस को उपलक्ष्यमा गाउँपालिका भित्रका सबै कार्यालय तथा शैक्षिक सँस्थाहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ । साथै भोलि घर घरमा दीपावली गर्न समेत आग्रह गरेको छ ।

सुचना


त्यसैगरि कचनकवल गाउँपालिका का प्रमुख प्रसासकीय अधिकृतकुमार बस्नेतले भोलि सात गते प्रजातन्त्र दिवस को उपलक्ष्यमा कचनकवल गाउँपालिका भित्रका सबै बिद्यालय तथा कार्यालय हरुमा सार्वजनिक बिदा दिइएको कुरा बताएका छन् । ।
यि दुवै गाउँपालिका हरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी का जननिर्वाचित अध्यक्षहरु रहेका छन् ।