असोज १ ललितपुर । झापाको गौरीगञ्ज स्थित एतिहासिक विद्यालय गौरीगञ्ज माबि पुर्व बिद्यार्थी समाज को पहिलो साधारणसभा ललितपुर स्थित युनाइटेड एकाडेमीको सभा हलमा सम्पन्न भएको छ ।
गत बर्ष औपचारिक रुपमा ललितपुर जिल्ला प्रसासन कार्यालय मा विधिवत रूपमा दर्ता भएको सँस्था को तदर्थ समिति अध्यक्ष डा. कबिताज बान्तवा को अध्यक्षतामा भएको साधारण सभा मा विद्यालय का पुर्व शिक्षक तथा कर्मचारी हरुलाई सम्मान समेत गरिएको छ । बिद्यालय का पुर्व शिक्षक ऋतुराज आचार्य, पुर्व प्रधानाध्यापक मोहनलाल साह पुर्व प्रधानाध्यापक कृपा नाथ दत्त लाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने सोहि बिद्यालय मा कार्यालय सहयोगी का रुपमा ४० बर्ष भन्दा बढी समय सेवा गरेका कर्मचारी जगन्नाथ शर्मा र बिदेशिया यादवलाई पनि सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रम मा स्वागत मन्तव्य व्यक्त गर्दै तदर्थ समिति का उपाध्यक्ष रमेश कोइराला ले पुरानो गौरीगञ्जको स्मरण गर्दै उपस्थित सबैलाई भावुक बनाएका थिए ।

कार्यक्रम मा पुर्व बिद्यार्थी हरु अजय दास, जीत बहादुर बस्नेत, पुर्व शिक्षक हरु मोहनलाल साह, कृपानाथ दत्त, ऋतुराज आचार्य, लगायतले मन्तव्य राखेका थिए ।

बक्ता हरुले कुनै बेलाको झापाकै सबैभन्दा धनि बिद्यालय का रुपमा गनिने गौरीगञ्ज माबि पछिल्लो समय रु १३ लाखको ऋणमा डुबेको प्रसँग कोट्याउदै बिद्यालय को भौतिक तथा शैक्षिक अवस्था सुधार्न पुर्व बिद्यार्थी हरुले सँगठित भएर लाग्नुपर्ने बताएका थिए । बिद्यालय का पुर्व बिद्यार्थी तथा गायक बलबहादुर राजवँशीले आफ्नो भर्खरै रेकर्ड भएको नयाँ गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए भने युनिभर्सल युनाईटेड विद्यालय का बिद्यार्थी हरुले नृत्य प्रस्तुत गरेका थिए ।

पहिला साधारणसभा ले कविराज वान्तवाको अध्यक्षतामा १३ सदस्यिय नयाँ समिति समेत चयन गरेको छ । सँस्थाको उपाध्यक्ष मा रमेश कोइराला र महासचिव मा लेखनाथ पौड्याल लाई चयन गरेको छ । त्यसैगरी साधारण सभा ले सँस्था को कोषाध्यक्षमा बेदेन्द्र ढकाल र सदस्य हरु मा अजय दास, प्रकाश रिमाल, शुसिला खतिवडा पौडेल, शुस्मा दाहाल, न्यौपाने, सोम प्रसाद डोटेल, जमुना उप्रेती र धनञ्जय साहलाई चयन गरेको छ । समितिले दुइ जना सदस्य हरुलाई पछि चयन गर्ने छ ।