बैशाख ६ गौरीगञ्ज । गौरीगञ्ज माबिका पुर्व प्रधानाध्यापक उदयलाल यादबको निधन भएको छ । सोमबार दिउसो ३ बजे उहाँको निधन भएको कुरा पारिवारिक श्रोतले जनाएको छ । केहि समयदेखि मृगौला, मधुमेह, तथा न्युरो सँबन्धी रोग बाट पिडित उहाको घरमै निधन भएको हो । भारतको पुर्णिया मा उपचाररत उहालाई केहिदिन अघि घर ल्याइएको थियो
२०२४ सालदेखि गौरीगञ्ज माविमा शिक्षकका रुपमा सेवा शुरु गर्नुभएका वहाले २०४२ सालदखि गौरिगञ्ज माविको प्रधानाध्यापक को बागडोर सँहाल्नुभएको थियो । त्यसपछी लगातार २६ बर्ष सम्म प्रधानाध्यापक का रुपमा सेवारत रहि २०६८ सालमा सेवा निबृत हुनुभएको थियो । गौरीगञ्ज माबिको ईतिहास मै लामो कार्यकाल सम्म प्रधानाध्यापक का रुपमा सेवा गर्नुभएका उहाँ गौरीगञ्ज क्याम्पस को स्थापना कालमा समेत कार्यक्रम सँयोजकका रुपमा सेवा गर्नु भएको थियो ।
उहाँकै कार्यकालमा गौरीगञ्ज माविमा दोस्रो तल्ला थप्ने काम भएको थियो । उहाँको निधनबाट गौरीगञ्जले एउटा अभिभावक गुमाएको छ ।
मँगलबार बिहान १० बजे उहाँको हिन्दु धर्म सँस्कार अनुसार गेउरियाको नयाँपुल घाटमा अन्तिम सँस्कार गरिने कुरा पारिवारिक श्रोतले जनाएको छ । गौरीगञ्ज दर्पण डटकम उहाँको आत्माको चीर शान्तिका लागि कामना सहित भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ ।
केहि समय अघि गौरीगञ्ज दर्पण डटकम ले उहाँसँग एउटा अन्तरवार्ता रेकर्ड गरेको थियो हेर्नुहोस –