फागुन ११ गौरीगञ्ज । गौरीगञ्ज माध्यमिक बिद्यालयका शिक्षकहरु धर्नामा बसेका छन् । आत्महत्या दुरुत्साहनको मुद्दा लागेका बिद्यालयका शिक्षक पवन दासको मुद्दा सहजिकरण गर्नुपर्ने माग राखे बिद्यालयका शिक्षकहरु इलाका प्रहरी कार्यालय गौरीगञ्जमा धर्ना दिएका छन् ।

gd

गौरीगञ्ज माबिका शिक्षकहरु बिहिबार १२ बजेदेखि धर्नामा बसेका हुन् । पहिलो चरणमा आज बेलुकी ४ बजे सम्म धर्ना दिने कुरा उनिहरुले बताएका छन् । बिद्यालयका शिक्षक दासले बिद्यालयको ड्युटीमा खटिएको बेला भएको भबितब्यका कारण दासलाइ हिरासतमा राखिएको र मुद्दा कानुनी प्रकृयामा गएको बेला मुद्दा टुँग्याउन स्थानीय सरकार लगायतका निकायहरुबाट पहल नभएकाले आफुहरु पढाउन छोडेर धर्नामा बस्नु परेको कुरा उनिहरुले बताएका छन् ।

gd

गत माघ २४ गते बिद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा सोनी राजवँशीले बिद्यालयबाट घर फर्के लगतै घरमा झुण्डीएर आत्महत्या गरेपछी पिडित परिवारले शिक्षक दासले बिद्यालयमा कुटपिट गरेका कारण उनले आत्महत्याको बाटो रँजेको आरोप लगाएका थिए भने मृतक छात्राका ठुलोबुवा दारासिँह राजवँशीले शिक्षक दास बिरुद्ध जाहेरी दिएका थिए ।