
पुस २ गौरीगञ्ज । झापाको गौरीगञ्ज ३ स्थित गौरीगञ्ज बहुमुखि क्याम्पसले आफ्नो स्थापनाको ३२ औ बार्षिकोत्सब मनाएको छ । सोमबार क्याम्पसको प्राङ्गनमा बिभिन्न कार्यक्रमको आयोजना गरि क्याम्पसले बार्षिकोत्सब सम्पन्न गरेको हो ।

गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पजन न्यौपाने कुँवरको प्रमुख आतिथ्यता र क्याम्पस ब्यवस्थापन समितीका अध्यक्ष बाबुराजा श्रेष्ठको सभापतित्वमा आयोजित बार्षिकोत्सबमा क्याम्पस प्रमुख सर्वतलाल राजवँशीले बार्षिक आय ब्यय तथा प्रतिबेदन प्रस्तुत गरेका थिए ।
बार्षिकोत्सबको अबसर पारेर रामलाल धापोदेवी गोल्छा ट्रष्टले क्याम्पसका कक्षा ११ देखि स्नातक तह सम्मका सबै समुहका उत्कृष्ट बिद्यार्थीहरुलाइ क्षात्रबृती बितरण गरिएको थियो । क्षात्रबृति बितरण कार्यक्रममा ट्रष्टका सँरक्षक सुरेन्द्र गोल्छा आफै उपस्थित भएका थिए ।
त्यसैगरि बार्षिकोत्सब सप्ताहमा आयोजित बिभिन्न खेलकुद तथा प्रतियोगिताका बिजयी बिद्यार्थीहरुलाइ समेत पुरस्कार बितरण गरिएको थियो ।