असार ५, गौरीगञ्ज । गौरीगञ्ज बजार क्षेत्रकासडक पेटी र सडक क्षेत्र नै ओगटेर स्थानिय ब्यापारी हरुले पसलका सामान राख्न थाले पछि उद्योग वाणिज्य संघ गौरीगञ्जले अतिक्रमण रोक्न पहल शुरु गरेको छ ।

वाणिज्य संघ को कार्यालय मा आइतबार बसेको जनप्रतिनिधि सहितको बैठकले सडक र सडक अतिक्रमण गर्ने व्यापारी लाई पहिलो चर असार १२ गते सडक वा सडक पेटी बाट सामान हटाउन आग्रह गर्ने निर्णय गरेको छ । सो आग्रह लाई अटेर गरेमा त्यस्ता ब्यापारी लाई कार्वाही को दायरामा ल्याउने कुरा उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष मखना महतले बताए ।

उद्योग वाणिज्य संघ गौरीगञ्जका अध्यक्ष महतोको अध्यक्षतामा बसेको बैठकमा वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरी, वडा नं ६ का वडाध्यक्ष बद्री नारायण यादव ईलाका प्रहरी कार्यालय, इलाका प्रशासन कार्यालय लगायतका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।