गौरीगञ्ज बजारको बिबादित हुलाकी सडक नापिको नक्सा अनुसार नापिने

फागुन २०, गौरीगञ्ज । बहुप्रतिक्षित हुलाकी राजमार्ग को बिबादित गौरीगञ्ज बजार क्षेत्रको बिबाद समाधान भएको छ । गेउरिया पुलदेखि नहर सम्मको सडक खण्ड नापि कार्यलयको नक्सा अनुसार सरकारी अमिन मार्फत नाप्ने निर्णय मा सरोकार वाला हरुले सहमति जनाएपछि सो बिबाद समाधान भएको हो ।

निर्णय


गेउरिया पुलदेखि नहर सम्मको सडक खण्डमा गाउँपालिका ले स्थानिय अमिन द्वारा पटकपटक नाप जाँच गर्दा प्रत्येक पटक को नाप फरक फरक आउन थाले पछी सो क्षेत्रमा बिबाद उत्पन्न भएको थियो । विवादका कारण सो क्षेत्रमा हुलाकी सडक निर्माण कार्य शुरु हुन सकेको छैन । बिबाद का कारण काम शुरु हुन नसकेपछि गौरीगञ्ज गाउँपालिकाले पत्र काटेर सरोकारवाला हरुलाई छलफलको लागि बोलाएको थियो । छलफलका क्रममा सरोकारवाला हरुबाट नापिको नक्सा अनुसार सडक छुट्याउनु पर्ने माग उठेपछी सो निर्णय गरिएको हो । बहुसँख्यक सरोकारवाला हरुबाट नापि नक्सामा जाने राय आएपछि गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा ले नापि कार्यलयको नक्सा अनुसार सडक नाप्ने निर्णय सुनाएका थिए । सो निरमा सरोकारवाला हरुबाट बहुसँख्यले तालि बजाएर समर्थन गरेका थिए ।

अघिल्लो लेखमाकन्काई मा भयानक दुर्घटना : दुइको मृत्यु
अर्को लेखमामानव ओसारपसार मुद्दाका फरार प्रतिबादी गौरीगञ्जबाट पक्राउ: