
अमर खेलकूद क्लबले आयोजना गरेको गौरीगंज टि-ट्वेन्टी नकआउट क्रिकेट टुर्नामेन्टको आईतबारको पहिलो खेल हल्दीबारी गाउँपालिका र दोश्रो खेल आयोजक अमर खेलकुद क्लवले जितेको छ ।

हल्दिबारी गाउँपालिका र महाराज थान किङ्ग्स बीच भएको पहिलो खेलमा टस जितेर बलिङ रोजेको हल्दीबारी गाउँपालिकाले महाराजथान किङ्सलाई १३ औं ओभरमा अल आउट पार्न सफल भएका थिए । महाराजथान किङ्स ६४ रनमा समेटिएको थियो ।
दोस्रो इनिङमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै महाराजथान किङ्सले राम्रो कमब्याक गर्दै हल्दीबारी गाउँपालिकाको ९ विकेट झार्न सफल भएका थिए भने हल्दीबारीले सो खेल १ विकेटले जितेको थियो । हल्दीबारी गाउँपालिका चन्द्र राइले अल राउन्ड प्रदर्शन गर्दै ब्याटिङमा ५ बलमा १६ रन प्रहार गरे र २ विकेट लिदै म्यान अफ दि म्याच भएका थिए ।
त्यसै गरि टटुवामारी टिम र आयोजक अमर खेलकूद क्लब बीचको खेलमा अमर खेलकूद क्लबका टिम कप्तान मो. सोनुले टस जितेर ब्याटिङ रोजेका थिए । अमर खेलकूद क्लबले २० ओभरमा २३८ रनको लक्ष्य दिएको थियो जुन यस टुर्नामेन्टको अहिलेसम्मको सर्वाधिक टिम स्कोर रहेका छ ।
लक्ष्य चेज गर्न उत्रेका टटुवामारी ५६ रनमा अल आउट हुदै १८१ रनले पराजीत भएको थियो।
दोस्रो खेलमा अल राउन्ड खेलको प्रदर्शन गर्दै अमर खेलकूद क्लबका शंकर महतोले ब्याटिङमा १२ बलमा ४३ रन र बलिङमा ६ रन खर्चेर १ विकेट लिदै म्यान अफ दि म्याच भएका थिए ।
प्रतियोगिताको हिजो भएका खेलहरुमा पहिलो खेल एसडिसी र दोश्रो खेल टाँघनडुब्बाले जितेको थियो ।
भोलि सोमबार पहिलो खेल आयोजक अमर खेलकुद क्लब र गौरीगञ्ज रोयल्स बीच बिहान १० बजेदेखि हुने छ भने दोश्रो खेल गौरीगञ्ज क्रीकेट क्लब र कोरोबारी युथ क्लब बीच दिउसो साढे १ बजे देखि हुने कुरा आयोजकले जनाएको छ ।