गौरीगञ्ज गापाले गरेको दरबन्दी मिलानमा शिक्षक महासँघको असन्तुष्टी

चैत्र २५ झापा । गौरीगञ्जको स्थानिय सरकारले गरेको शिक्षक दरबन्दी मिलानको निर्णयमा नेपाल शिक्षक महासँघ गौरीगञ्जले असन्तुष्टी जनाएको छ । स्थानिय सरकारको आँशिक दरबन्दी मिलान बिरुद्ध महासँघले आज शिक्षा समिती सँयोजक तथा गौरीगञ्ज गाउँपालिका अध्क्ष फुलबती राजवँशीलाइ ज्ञापन पत्र बुझाएका छन् ।
गत चैत्र २१ गते गौरीगञ्ज स्थानिय सरकारको शिक्षा समिती बैठकले गाउँपालिका भित्रका प्राथमिक तहका बिद्यालयहरको बढि भएको शिक्षक कटौती गरि शिक्षक अपुग भएको बिद्यालयहरुमा मिलान गर्ने निर्णय गरेको थियो । जस अनुसार गौरीगञ्ज प्राबिमा बढि देखिएका ३ शिक्षक मध्ये २ जना कटौती गरी शुन्य दरबन्दी भएका चिल्हारा प्राबि र तारा प्राबिमा मिलान गर्ने र जनता बाल बिकाश प्राबिमा बढि देखिएको एउटा दरबन्दी कटौती गरी भवानी प्राबिमा मिलान गर्ने निर्णय गरेको थियो ।
गत २१ गतेको शिक्षा समिती निर्णय बिरुद्ध नेपाल शिक्षक महासँघ गौरीगञ्जले आज गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो ।


शिक्षक महासँघ गौरीगञ्जका अध्यक्ष हरिलाल यादब र सह सचिब बुलेन्द्र राजवँशी द्वारा हस्ताक्षरित बिज्ञप्तीमा लेखिएको छ – प्रस्तुत बिषयमा मिति २०८१/१२/२३ गते नेपाल शिक्षक महासंघ, गौरीगंज गाँउ कार्य समितिको बैठकको निर्णय अनुसार हाल गरिएको आंशिक दरबन्दि मिलान कार्य रोकी गौरीगंज गा.पा. भित्रका शिक्षक र विद्यार्थीको अनुपात किटान गरि नेपाल शिक्षक महासंघ र सरोकारबाला सम्पूर्ण पक्ष बिच व्यापक छलफल गरि दरबन्दि मिलानको कार्यविधि निर्माण गरि आगामि शैक्षिक सत्र २०८२ मा शिक्षक सेवा आयोग बाट सिफारिस भई आउने नयाँ शिक्षक पदस्थापन भन्दा अगावै वैज्ञानिक ढंगबाट न्यायोचित तरिकाले गौरीगंज गा.पा. मा दरबन्दी मिलान गर्नु हुन नेपाल शिक्षक महासंघ गौरीगंज गम्भिर रुपमा ध्यानाकर्षण गराउदै जोडदार माग गर्दछौ । पुनश्च: यदि यो विषयमा वेवास्ता गर्दा, विद्यार्थी, शिक्षक, अभिभावक र यस गाउँपालिकाका शिक्षा संग सम्बन्धित सम्पुर्ण सरोकार बालालाई पर्न जाने परिणामको जिम्मेबार स्वयं गौरीगंज गाउँपालिका र शिक्षा शाखा गौरीगंज हुनेछ ।


शिक्षक महासाघ गौरीगञ्जका अध्यक्ष हरिलाल यादवका अनुसार गौरीगञ्ज शिक्षा समितीले स्थानिय कार्यबिधि बनाएर सबै बिद्यालयहरुका प्राबि तहका शिक्षकहरुको दरबन्दी मिलान गर्नुको साटो पुर्वाग्राही ढँगबाट केहि बिद्यालयहरुको मात्र शिक्षक कटौती गरेको र यो अबैज्ञानिक रहेको बताएका छन् । उनले गौरीगञ्ज माबि लगायतका माध्यमिक बिद्यालयहरुमा कक्षाको अनुपातमा प्राबि शिक्षकहरुको सँख्या धेरै हुँदाहुँदै पनि ति बिद्यालयहरुको शिक्षक कटौती नगरेको आरोप लगाका छन् । शिक्षक महासँघको असन्तुष्टीले सोमबार हुने कक्षा ८ को परीक्षालाइ के असर पर्छ भन्ने जिज्ञासामा उनले बिद्यार्थी र अभिभावकहरु प्रति आफुहरु जिम्मेबार रहेकाले पुर्व निर्धारित कुनैपनि परीक्षा नरोकिने बताएका छन् ।


त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खेम थापाले शिक्षा बिज्ञान तथा प्राबिधिक मन्त्रालयबाट स्विकृत शिक्षक दरबन्दी मिलान तथा ब्यवस्थापन कार्यबधि २०७६ को परिच्छेद ३ को दफा ७ र परिच्छेद ४ को दफा ८ क बमोजिम नै दरबन्दी मिलान गरेको दाबी गरका छन् । शिक्षा शाखा प्रमुख टँक खरेलका अनुसार अहिलेलाइ आँशिक रुपमा मात्र दरवन्दी मिलान गरिएकोमा आगामी दिनमा बढि देखिएका अरु बिद्यालयका शिक्षकहरु समेत कटौती गरि अपुग भएका बिद्यालयहरुमा मिलान गर्ने बताएका छन् ।


शिक्षा समितीका एक सदस्यका अनुसार शिक्षा शाखाको अनुगमन बाटै शिक्षा समितीको बैठकले दरबन्दी मिलान गरेकाले निर्णय कार्यन्वयनमा सँझौता नगर्ने बताउका छन् ।