गौरीगञ्ज गाउपालिकामा ५० करोड भन्दा बढिको केन्द्रिय योजना

पढ्न समय: 4 मिनेट

गौरीगञ्ज गाउपालिकामा ५० करोड भन्दा बढिको केन्द्रिय योजना

जेठ २४ झापा । झापाको गौरीगञ्ज गाउँपालकामा आउँदो आर्थिक बर्षका लागि ५० करोड भन्दा माथिको योजनाहरु परेको छ । गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरले गौरीगञ्जलाइ ३ करोड भन्दा माथि १५ वटा भन्दा बढि योजना परेको कुरा बताएकी छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र अन्तर्गत गौरीगञ्ज वडा नँ ३ र ४ को खानेपानी योजनाका लागि रु ३ करोड‚ वडा नँ ५ र ६ मा खानेपानी योजना बिस्तारका लागि रु ३ करोड‚ चिउरामिल देखि क्याम्पस सम्मको सडकका लागि रु ३ करोड‚स्मार्ट सिटीका पुर्वाधार निर्माणका लागि रु ३ करोड‚ चिल्हारा चोक देखि छहारी चोक सम्मको सडक कालोपत्रे गर्नका लागि रु ३ करोड‚ वडा नँ ३ र ६ को छठ घाट निर्माणका लागि ३ करोड‚ वडा नँ ५ को जनता बालबिकास प्राबिमा भवन निर्माणका लागि रु ३ करोड‚ वडा नँ ३  को गौरी प्राबिमा भवन निर्माणका लागि रु ३ करोड‚ गौरीगञ्ज क्याम्पस भवन निर्माणका लागि रु ३ करोड‚ नयाँ शहर ब्यवस्थापनका लागि रु १० करोड‚ गौरादहको सीमा बाट ठेकिटोल सुदामभिट्टा हुदै बेलडागी हुकागाछी जोड्ने सडक निर्माणका लागि रु ५ करोड‚ ज्ञानकुञ्ज स्कुलदेखि लालडिगी कार्कीडाँडा हुदै पेट्रोलपम्प जोड्ने सडक निर्माणका लागि रु ३ करोड‚ र गौरीगञ्ज लतिझुला सडक निर्माणका लागि रु ३ करोड‚ त्यस्तै साँसद एलपी साँवाको निर्वाचन क्षेत्र नँ ४ अन्तर्गत बिस्फोट चोक देखि पुर्व बिओपी जाने सडक रु ३ करोड‚ र रामजानकी आबि भवन र शिशुकल्याण आबिको भवन निर्माणका लागि रु ३ करोड लगायतका योजनाहरु परेकोछ ।

अहिले एमालेकै नेतृत्वमा सरकार रहेको अबस्थामा गत फागुन देखि नै गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरको नेतृत्वमा वडा नँ ३ का वडाधयक्ष श्रवण गिरी वडा नँ ४ का वडाध्यक्ष फेका गिरी र वडा नँ ५ का वडाध्यक्ष बिजय सिँह गन्गाइले योजना ल्याउन बारम्बार केहि मन्त्रालयहरुमा डेलिगेशन गएका गिए ।

राष्ट्रिय योजना आयोगले योजना छनौट गर्ने समय फागुनको अन्तिम साता गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवर र वडाध्यक्षहरु श्रवण गिरी फेका प्रसाद गिरी र बिजय सिँह गन्गाइ लगायतको टोलिले काठमाण्डौ पुगेर भौतिक पुर्धार तथा यातायात मन्त्रालय शहरि बिकास मन्त्रालय कृषि मन्त्रालय उद्योग मन्त्रालय खानेपानी मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयमा गइ योजना माग गरेका थिए । त्यस्तै गत बैशाख १० गते एमाले गौरीगञ्जका अध्यक्ष बिष्णु न्यौपाने सहितको सोहि टोलिले पुन काठमाण्डौ पुगेर अघिल्लो पल्ट योजना माग गरिएका सबै मन्त्रालयमा पुगेर फलोअप गरेका थिए भने प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटेर योजनाहरुको सुचि बुझाएका थिए । सोहि क्रममा निर्वाचित भएको ३ बर्ष बिति सक्दा पनि वडा नँ ३ मा केन्द्र स्तरको कुनै योजना किन परेन भनेर वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरीले प्रधान मन्त्री ओली सँग सवाल जवाफ समेत गरेको श्रोतले बताएको छ ।

यो आर्थिक बर्षमा परेका योजनाहरु मध्ये अधिकाँश योजनाहरु वडा नँ ३ मै केन्द्रित रहेको छ । यस बाहेक पनि गौरीगञ्ज गाउँपालिकाका लागि शहरि बिकास मन्त्रालय र अन्य मन्त्रालयहरुबाट अझ धेरै स साना योजनाहरु परेको र तिनिहरुको सुची नआइसकेको कुरा उपाध्यक्ष पुजन न्यौपाने कुँवरले बताएका छन् ।

यस पटकको योजनाहरुबाट हामी उत्साहित भएका छौ – उनले भनिन् । प्रदेशमा समेत योजनाका लागि धाइरहेका छौँ । प्रदेशबाट पनि योजना आउनेमा हामी आशाबादी छौ । गाउँपालिका गठन भए यता गौरीगञ्जमा यति धैरै बजेटको योजना आएको यो नै पहिलो पल्ट भएको कुरा उपाध्यक्ष कुँवरले बताएकी छन् ।  

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्