२५ साउन झापा । गौरीगञ्ज गाउँपालिका ४ दिनका लागि लकडाउन गरिने निर्णय भएको छ । साउन ३० गते देखि भदौ १ गते सम्म गौरीगञ्ज गाउँपालिका को सम्पुर्ण क्षेत्र लकडाउन गर्ने निर्णय भएको हो । आइतबार बसेको गाउँपालिका स्तरिय कोरोना आपतकालिन कार्य सँचालन को बैठकले सो निर्णय गरेको हो ।
बैठकले अर्को सुचना जारी नभएसम्म गौरीगञ्ज क्षेत्रमा लाग्ने सम्पुर्ण हटियाहरु अर्को सुचना जारी नभएसम्म का लागि बन्द गर्ने , सम्पुर्ण पसलहरु अर्को निर्णय नहुञ्जेल सम्मका लागि बिहान ७ देखि बिहान ११ बजेसम्म मात्र खोल्न दिने तथा साग तरकारी बजारहरु भने सँबन्धित बडाले स्थान तोकि हप्ताको ३ दिन आइतबार, मँगलबार र बिहिबार बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र लागाउने निर्णय गरिएको छ । यस्ता बजारहरुमा स्थानिय ब्यापारी लाइ मात्र पसल राख्न दिइने समेत निर्णय गरिएको छ ।
त्यसै गरि आजको बैठकले गौरीगञ्जको सीमा सँग जोडिएको भारतिय क्षेत्र फतेहपुर लगायतको स्थानमा समुदाय स्तरमै कोरोना सँक्रमित फेला परेका खबरहरु आइरहेको हुँदा नेपाल भारत सीमा क्षेत्र सील गरि सबै प्रकारको ओसारपसार तथा आवतजावतमा रोक लगाउने निर्णय गरिएको छ । त्यसै गरि मोरँग जिल्ला सँगको सीमानामा समेत एक हप्ताका लागि आवतजावत रोक्ने निर्णय गरिएको छ ।
बैठकले साउन ३०, ३१, ३२ र भदौ १ गते गौरीगञ्ज गाउँपालिका को सम्पुर्ण क्षेत्र लकडाउन गरि सो अवधिमा जोखिम युक्त क्षेत्रहरुको पहिचान गरि समुदाय स्तरमा स्वाब सँकलन गरि पिसिआर परीक्षण गर्ने समेत निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा रेडक्रस, उद्योग वाणिज्य सँघ, सुरक्षा निकायहरु लगायत का सरोकारवालाहरुको उपस्थिति थियो ।


