स्थानीय तहको निर्वाचन आउन अब डेढ महिना बाँकी छ । बिषेश परिस्थिति नआए सरकारले बैशाख ३० गते एकै चरणमा देशभरि का स्थानीय तहहरुमा नयाँ नेतृत्व का लागि चुनाव गराउने घोषणा गरिसकेको छ भने निर्वाचन आयोगले बैशाख ११ र १२ गते उम्मेदवार मनोनयन दर्ता को मिति तोकेको छ । यो सँगै झापाको गौरीगञ्ज गाउँपालिका मा पनि चुनाव को सरगर्मी बढ्न थालेको छ ।
उम्मेदवारी मनोनयन दर्ता को मिति घोषणा भएसँगै गौरीगञ्जमा, ठुला देखिएका चार दलहरुले उम्मेदवार छनौटको दौडधुप सुरु गरेको छ भने दैनिक जसो यि दलहरुले बैठक भेटघाट र छलफल बाक्लो पारेका छन् । बैठक र छलफल सँगै गौरीगञ्जको स्थानीय सरकारको नेतृत्व का लागि सँभावना बोकेका उम्मेदवार हरुले टिकटका लागि क्षेत्र र जिल्ला सम्मको दौडधुप सुरु गरिसकेका छन् ।
स्थानीय चुनाबको सरगर्मी सँगै गौरीगञ्जको स्थानीय सरकारको नेतृत्व का लागि मुख्य ४ दलबाट केहि राजनैतिक अगुवा हरुको चर्चा चल्न थालेको छ ।
नेपाली काँग्रेसबाट गौरीगञ्ज गाउँपालिकाको प्रमुख का लागि फुलवारी राजवँशी, दिपेन्द्र थापा र घनश्याम रिजाल को नाम चर्चामा छ । फुलबती राजवंशी अघिल्लो स्थानीय तहको चुनाव मा पनि नेपाली काँग्रेसबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी थिइन भने उनले ३ हजार ४ सय ५३ मत पाएकी थिइन्। मात्र २ सय ८३ मतले उनि बाबुराजा श्रेष्ठ सँग पराजित भएकी थिइन् । त्यसैगरि दिपेन्द्र थापा गौरीगञ्ज गाउँपालिका का अहिले का बहालवाला उपाध्यक्ष हुन् । उनले अघिल्लो स्थानीय तहको चुनाव मा ३ हजार ४ सय १४ मत ल्याएर उपाध्यक्ष पदका लागि निर्वाचित भएका थिए । घनश्याम रिजाल भने गौरीगञ्जकै अग्रज काँग्रेस नेता हुन उनि तत्कालीन गौरीगञ्ज गाबिस को पहिलो अध्यक्ष पनि हुन् । उनले २०४८ देखि ५२ सालसम्म गौरीगञ्ज गाबिस को बागडोर सम्हालेका थिए ।
त्यसैगरि राप्रपा बाट अध्यक्ष पदका लागि पुन: बाबुराजा श्रेष्ठ कै नाम चर्चामा छ । उनि गौरीगञ्ज दर्पण डटकमको “एउटा प्रश्न मेरोपनि” मा आईतबार सम्बाद गर्दै गौरीगञ्ज गाउँपालिका को प्रमुखका रूपमा पुन : दोहोरिन चाहेको आसय व्यक्त गरेका छन् । यस अघिको स्थानीय तहको चुनाव मा उनि ३ हजार ७ सय ४० मत प्राप्त गरि अध्यक्ष पदका लागि विजयी भएका थिए ।
नेकपा एमाले बाट भने सर्वतलाल राजवंशी र बिजय कुमार अग्रवाल को नाम चर्चामा छ । सर्वतलाल राजवंशी गौरीगञ्ज बहुमुखी क्याम्पस का क्याम्पस प्रमुख हुन् । अँग्रेजी साहित्य मास्टर्स गरेका उनि लामो समयदेखि प्राध्यापन पेसामा आबद्ध छन् । विजय कुमार अग्रवाल तत्कालीन महाभारा गाबिस का पुर्व अध्यक्ष हुन् । महाभारा गाबिस अहिले गौरीगञ्ज गाउँपालिका को वडा नंवर १ भएको छ । महाभाराबासीहरुमा यिनको राम्रो प्रभाव छ ।
नेकपा माओवादी केन्द्र बाट पुन: विद्यानन्द राजवँशी कै चर्चा छ । उनि यस अघिको स्थानीय तहको चुनाव मा गौरीगञ्ज गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा माओवादीबाट उम्मेदवारी दिएका थिए ।