असार १०, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका ले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि रु ४७ करोड २८ लाख ८९ हजार ३ सय ७९ रुपैयाको बजेट प्रस्तुत गरेको छ । शुक्रबार गाउँपालिका को एघारौं गाउँसभा ो उद्घाटन कार्यक्रममा मा गाउँपालिका ले बजेट निति तथा कार्यक्रम प्रस्तुत गरेको हो । गाउँपालिका प्रमुख फुलबत्ती राजवंशी ले बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपप्रमुख पुजन न्यौपाने कुँवर ले बार्षिक बजेट प्रस्तुत गरेका थिए।

उपप्रमुख न्यौपाने द्वारा प्रस्तुत गरिएको बार्षिक बजेट मा आगामी आ.व. २०७९/०८० का लागि आय तर्फ नेपाल सरकार समानिकरण अनुदान रु १३ करोड ३६ लाख सशर्त अनुदान रु.१८ करोड ९३ लाख, राजस्व बाँडफाड संघीय सरकार रु. ९ करोड ६२ लाख ३२ हजार प्रदेश सरकार समानीकरण अनुदान रु ७२ लाख २४ हजार, शसतं अनुदान रु. २६ लाख २३ हजार, राजस्व बाँडफांड प्रदेश सरकार रु. ९२ लाख १० हजार ३ सय ७० रुपैया र अत्या सहितको आन्तरिक श्रोत रु २ करोड ७ लाख गरि जम्मा रु ४७ करोड २८ लाख ८९ हजार ३ सय ७० रुपैया आय प्रस्ताव गरिएको छ भने व्यय तर्फ चालु तर्फ रु २५ करोड ८६ लाख २३ हजार र पुँजीगत तर्फ रु २१ करोड ४२ लाख ६६ हजार ३ सय ७० रुपैया गरि जम्मा रु.४७ करोड २८ लाख ८९ हजार ३ सय ७० रुपैया व्यय प्रस्ताव गरिएको छ ।
त्यस्तै गाउँपालिका प्रमुख राजवँशीले प्रस्तुत गरेको बार्षिक निति तथा कार्यक्रम यसप्रकार रहेको छ –
आ.व. २०७९ / ०८० को गाउँपालिका नीति
गौरीगञ्ज गाउँपालिकाको मुख्य नारा
“कृषि, स्वास्थ्य, शिक्षा, उद्योग र आर्थिक विकासमा उन्नति, दीगो विकास सहित गौरीगञ्जको समुन्नति । “
२. क्षेत्रगत नीति :
आर्थिक विकास
१. कृषि विकास तर्फ :

१.१ स्थानीय सम्भाव्यता, तुलनात्मक लाभ तथा विशिष्ट अवसरको उपयोग गरी उपयुक्त कृषि प्रविधिहरुको विकास, प्रसार तथा उपयोगबाट कृषि उत्पादन एवं उत्पादकत्व बढाईनेछ ।
१२ कृषिको व्यवसायीकरण (तरकारी खेतीलगायत) तथा विविधिकरणमा जोड दिई आय आर्जन तथा रोजगारका थप अवसरहरु सृजना गरिने छन् ।
१.३ सिचाई सुविधा, कृषि सडक, ग्रामीण विद्युतीकरण र उपयुक्त कृषि प्रविधिको विकास तथा विस्तार गरिनेछ । सिचाई, सडक तथा विद्युतीकरण सुविधा भएको क्षेत्रमा उपलब्ध प्रविधिको सघन र व्यापक उपयोग गरिनेछ ।
१.४ स्थानीय तहमा कृषकहरुको क्षमता अभिवृद्धिका लागि जोड दिईनेछ ।
१.५ रासायनिक मलको प्रयोगलाई निरुत्साहित गरी प्रांगारिक खेतीलाई प्रोत्साहित गरिनेछ ।
१.६ सुख्खा जमीनमा सामुहिक तथा व्यक्तिगत सिंचाई उपकरणमा लागत साझेदारी अनुदानको व्यवस्था मिलाईने छ ।
१.७ गाउँपालिकाभित्रका कृषक समुहहरु दर्ता गरी सामुहिक खेती कार्यलाई प्रोत्साहन गर्ने नीति लिइने छ
१.८ फलफुल उत्पादनमा वृद्धि गरिने लक्ष्यानुसार विभिन्न जातका फलफुलका विरुवाहरुमा लागत साझेदारी अनुदानको व्यवस्था मिलाइने छ ।
१.९ माटोको अवस्था बुझ्न माटो परिक्षणका लागि माटो शिविर सञ्चालन गरिनेछ । तत्पश्चात आएको प्रतिवेदनको आधारमा कृषकहरुलाई कृषि चुन वितरण गरिनुको साथै माटो सुधार गर्न हरियो मलको लागि कोसेवालीका विउहरु मिनिकिटका रुपमा कृषि समूहमा वितरण गरिने छ ।
१.१० नदीले खेती योग्य जमिन कटानी र डुवान पछि वालुवाले पुरेको बगर तथा जमीनमा खरबुजा, तरबुजा, काका, फर्सी आदिको खेती गरी आम्दानीको स्रोत बढाउन वगर खेती कार्यक्रम सञ्चालन गरिने छ ।
१.११ कृषकहरुबाट उत्पादित कृषि उपजहरुलाई भण्डारण गर्न आवश्यक कृषि शीत भण्डार निर्माणको लागि प्रदेश सरकार र नेपाल सरकारसँग पहल गरिनेछ ।
१.१२ युवाहरुलाई लक्षित गरी सामुहिक खेती प्रणाली सञ्चालन गर्न विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरी युवा जनशक्तिलाई स्वरोजगार बनाउन पहल गर्ने नीति लिइने छ ।
१.१३ कृषिमा यान्त्रिकीकरणका लागि साना औजार उपकरणहरु (पावर टिलर, पावर स्प्रे ट्यांकी, मकै छोडाउने मेशीन लगायत) साझेदारीमा कृषक, कृषक समूहहरुलाई वितरण गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
१.१४ कृषकहरुलाई अन्यत्र जिल्लामा भएका उत्कृष्ट प्रविधिहरु लगायत बाली विशेषज्ञसँग छलफल तथा अवलोकनका लागि अन्तरजिल्ला भ्रमण आयोजना गरिने छ ।
१.१५ व्यक्तिगत घर तथा बाह्यक्षेत्रबाट निस्किने फोहोरहरुमध्ये कुहिने प्रकृतिको फोहोर तथा गोठबाट निस्किने मललाई व्यवस्थित गर्नको लागि कम्पोष्ट पिठ (कुहाउने ठाउँ) निर्माण गरिने छ ।
१.१६ तराई सिञ्चित कृषि प्रबर्द्धन परियोजना (जाइका) सँग वडा न. १ कन्काई नहर पकेट एरियाका कृषक समूहसँग सहकार्यका लागि कृषि कार्यक्रममा सहयोग गरिने छ ।

२. पशु सेवा तर्फ :
२.१ गाउँपालिकालाई दूध, फूल, माछा र मासुमा आत्मनिर्भर बनाउन पहल गरिने छ ।
२.२ एक घर एक दुधालु गाई/भैसीपालनलाई जोड दिईने र पशु विमा गरिदै लाने नीति लिइने छ ।
२.३ पशु आहारा विस्तारको लागि वर्ष भरि हरियो घांस उत्पादन गर्न आकर्षक कार्यक्रम ल्याईनेछ ।
२.४ पशु गोठ, खोर र भकारो सुधार स्टल फीडीङ्गमा जोड दिईने छ ।
२.५ कमसल जमिन, खोला डिल बगरमा बहुबर्षे डाले घाँस र भुई घाँसको खेती गर्ने कार्यलाई प्रोत्साहन गरिने छ ।
२.६ पशुमा नस्ल सुधार गर्न, क्षेत्र विस्तार गरिने छ । साथै पशु स्वाथ्यको लागि घरदैलो सेवा प्रभावकारी बनाईने छ।
२.७ वडाहरुमा चिलिङ्ग भ्याटको स्थापना र मासु पसल सुधार गर्न कार्यक्रम ल्याईने छ ।
२.८ माछा पोखरी विस्तार र माछा भुरा वितरण कार्यक्रम सञ्चालन गर्दै जाने नीति लिइने छ।
२.१० पशुपालन, पशुजन्य उत्पादन, खाध्यपोषण, बातावरण संरक्षण, भू-उपयोग र ब्यावस्थापनको समुचित प्रबर्द्धन गर्दै लगिने छ ।
२.११ रासायनिक मलको प्रयोग घटाई गोठे मलको प्रयोगमा कृषकहरुलाई प्रोत्साहित गर्न आवश्यक तालीमको व्यवस्था गरिनेछ ।
३. पर्यटन तर्फ :
३.१ गाउँपालिकाभित्र रहेका सिमसार क्षेत्रहरुको संरक्षण र विकास गर्न आवश्यक अध्ययन तथा पहल गरिनेछ ।

३.२ गाउँपालिकाभित्र विस्तार गर्न सकिने पर्यटकीय क्षेत्रहरुको पहिचान, विकास र प्रवद्धन गर्दै पर्यटन पूर्वाधार विकासमा जोड दिइनेछ ।
३.३ पुरातात्विक सम्पदाहरुको संरक्षणको लागि योजना बनाई पुरातात्विक, ऐतिहासिक, सामाजिक र सांस्कृतिक मौलिकतालाई पर्यटकीय दृष्टिले आयआर्जनको माध्यमको रुपमा सम्बर्द्धन तथा विकास गर्न पहल गरिने छ

४. उद्योग तर्फ :
४.१ जिल्ला घरेलु तथा साना उद्योग कार्यालयबाट दर्ता भएका गाउँपालिकाभित्रका उद्योगहरुको विवरण अध्यावधिक गरी अभिलेखिकरण गरिनेछ ।
४.२ दर्ता नभई संचालनमा रहेका उद्योग तथा व्यवसायलाई व्यवसाय कर दर्ताको दायरामा ल्याइनेछ ।
४.३ स्थानीय सीप, श्रोत र साधनको प्रयोग हुने घरेलु तथा साना उद्योगहरुको संचालन र विस्तारमा आवश्यक सहयोग र प्रोत्साहन गरिनेछ ।
४.४ नेपाल सरकारले अघि सारेको निजी क्षेत्रसंगको सहभागितामा उद्योग ग्राम स्थापनाका लागि सहजीकरण गरिनेछ ।
४.५ गाउंपालिका क्षेत्रमा संचालित साना तथा घरेलु उद्योगहरुलाई आवश्यक सिप, क्षमता अभिवृद्धिका लागि प्रोत्साहित गरिनेछ । साथै सीप र प्रविधिको विकासमा जोड दिइने छ ।
४.६ एक सय जनाभन्दा बढी स्थानीयबासीलाई रोजगारी दिने उद्योगलाई प्रोत्साहन एवं आकर्षण गरी यस क्षेत्रमा औद्योगिक लगानी बढाई स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्धेश्यले गौरीगञ्ज गाउँपालिका क्षेत्रमा स्थापना हुने उद्योगहरुलाई लिइने कर, दस्तुर (मालपोतबाहेक) मा छुट गरी अधिकतम् वार्षिक पचास हजारभन्दा बढी कर, दस्तुर लिइनेछैन ।


५. सहकारी तर्फ :
५.१ गाउँपालिका भित्र रहेका सबै सहकारीहरुको विवरण अद्यावधिक गरी अभिलेखिकरण गरिनेछ ।
५.२ एक सहकारी एक उत्पादन अभियानमा सहकारीहरुलाई उत्साहित गर्दै कृषि तथा अन्य कार्यक्रमहरुमा साझेदारीको रुपमा सहभागी गराउन उत्प्रेरित गरिनेछ ।
५.३ सहकारीलाई आवश्यक सिप तथा क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गरिनेछ ।
५.४ सहकारी संस्थाहरुको प्रभावकारी अनुगमन गरिने छ ।
६. अन्य :
६.१ यस गौरीगञ्ज गाउँपालिकामा रहेका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्न गौरीगञ्ज गाउँपालिकाको राष्ट्रिय भूमि आयोगसँग सम्झौता भईसकेको सन्दर्भमा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन, जग्गा धनीपूर्जा वितरण लगायतको कार्यलाई राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी यसै आर्थिक वर्षदेखि तदारुकताका साथ कार्यक्रम अघि बढाइने छ ।

(ख) सामाजिक विकास
१. शिक्षा तर्फ

१.१ सामुदायिक विद्यालयमा अपांगता तथा बालमैत्री भौतिक पूर्वाधार निर्माण र शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिइने छ । साथै सामुदायिक विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउन प्रोत्साहन गरिनेछ ।
१.२ बालमैत्री स्थानीय शासनलाई प्रर्वद्धन गर्न बाल (बालक्लव) समूहहरुको गठन तथा परिचालनमा जोड दिनेइछ ।

१.३ सामुदायिक विद्यालयहरुमा पठनपाठनलाई प्रविधि मैत्री बनाउन जोड दिईनेछ ।
१.४ विद्यालयमा बाल क्लब मार्फत विद्यार्थीहरुलाई खेलकुद र अतिरिक्त क्रियाकलापमा सहभागी गराउन विशेष महत्व दिइनेछ ।
१.५ विद्यालयमा पठनपाठन, अतिरिक्त क्रियाकलाप, व्यवस्थापन र अनुशासनलाई समेत आधार बनाइ पुरस्कारको व्यवस्था गरिनेछ ।
१.६ विद्यालयमा दिगो खानेपानी सरसफाई तथा स्वच्छता प्रवर्द्धन गरी शैक्षिक उपलब्धी बढाउन अनुकुल वातावरण बनाउने प्रयास गरिनेछ ।
१.७ सामुदायिक विद्यालयका शिक्षकहरुलाई आवश्यकता अनुरुप समय सापेक्ष प्राविधिक तथा सैद्धान्तिक तालिमको व्यवस्था गदै लगिने छ
१.८ सामुदायिक विद्यालयहरुलाई हरेक वर्ष एक नमुना विद्यालयको रुपमा विकास गर्दै अगाडि बढाउन संघीय सरकारमा पहल गरिने छ ।
१.९ गाउँपालिकामा रहेको एकमात्र गौरीगंज बहुमुखी क्याम्पस सञ्चालन तथा व्यवस्थापनमा सहयोग गरिने छ ।
१.१० गाउँपालिका स्तरीय आधारभुत तहको अन्तिम परीक्षा (कक्षा आठ) मा स्थानीय भाषा, सिप, कला, संस्कृति र आवश्यकतालाई समेट्ने गरी स्थानीय पाठ्यक्रमको निर्माण गरी लागू गरिने छ ।
१.११ ५ वर्ष उमेर पुगिसकेका बालबालिकाहरुलाई विद्यालयमा अनिवार्य भर्ना कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
१.१२ गौरीगञ्ज गाउँपालिकाको शिक्षा सम्बन्धि ऐनलाई संघीय कानूनबमोजिम समसामयिक बनाउदै लगिने छ ।

१.१३ गाउँपालिकाबाट वार्षिक शैक्षिक क्यालेण्डर निर्माण गरी प्रभावकारी कार्यान्वयन गरिने छ ।
१.१४ सामुदायिक विद्यालयका बाल विकास केन्द्रका बालविकास शिक्षकहरुको लागि संघीय सरकारले उपलब्ध गराएको मासिक पारिश्रमिकमा तोकिएबमोजिम बाँकी रकम गाउँपालिकाबाट थप गरिने छ ।
१.१५ सामुदायिक विद्यालयलाई विद्यार्थीहरुको संख्या तथा कक्षाको आधारमा नपुग शिक्षकहरुको व्यवस्थापनका लागि गाउँपालिकाबाट स्वयंसेवक शिक्षकको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
१.१६ गाउँपालिकासंग विद्यालय र विद्यार्थी कार्यक्रम मार्फत विद्यालय र विद्यार्थीसंग सुमधुर सम्बन्ध स्थापित गर्दै विद्यालय सुधारको नीति लिइने छ ।
१.१७ सामुदायिक विद्यालयको भौतिक पुर्वाधार विकासको लागि आवश्यकता अनुसार अनुदान उपलब्ध गराइनेछ ।
१.१८ सामुदायिक विद्यालयमा इ. हाजिरीको प्रयोगलाई प्रभावकारी तथा कडाइका साथ कार्यान्वयन गरिने छ ।
१.१९ जहाँ हरियाली त्यहाँ रमाइलो भन्ने उक्तिलाई मनन गर्दे हरित विद्यालयको अबधारणा अगाडि बढाउने नीति लिइनेछ ।
१.२० हरेक विद्यालयले बर्षमा कम्तीमा एक पटक अभिभावकहरुको उपस्थितिमा अभिभावक भेला गर्न अनिवार्य गरिएको छ ।
१.२१ सामुदायिक विद्यालयको सुधारका लागि प्रभावकारी अनुगमनको व्यवस्था गरिने छ ।
१.२२ गौरीगंज गाउँपालिका भित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययन गर्न छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिइनेछ । साथै गौरीगञ्ज गाउँपालिकामा स्थायी बसोबास गरी एमबीबीएसमा अध्ययनरत विद्यार्थीहरुमध्ये विपन्न, जेहेन्दार विद्यार्थीलाई आंशिक छात्रवृत्तिको पहल गरिने छ । उक्त छात्रवृत्तिमा महिलालाई प्राथमिकता दिइनेछ ।
१.२३ गौरीगञ्ज गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको माध्यमिक तहसम्म निशुल्क शिक्षा प्रदान गर्ने नेपाल सरकारको नीति लाई व्यवहारमा उतार्न माध्यमिक तह (कक्षा ११- १२) सम्म निःशुल्क शिक्षाको व्यवस्था गरिने छ ।
१.२४ गौरीगञ्ज गाउँपालिकामा रहेको प्राविधिक धार (कृषि प्राविधिक) सञ्चालन भएको एकमात्र श्री गौरीगञ्ज माध्यमिक विद्यालयलाई आर्थिक तथा भौतिक रुपमा सुविधासम्पन्न बनाउनका लागि प्रदेश सरकार तथा संघीय सरकारसँग आवश्यक पहल गरिने छ ।
१.२५ अप्राविधिक तथा प्राविधिक (ल्याब टेक्निशियन, रेडियोलोजिष्ट, हेल्थ असिष्टेन्ट, सिभिल इन्जिनियर, फार्मेसी, अमिन, कम्प्यूटर साइन्स, कृषि तथा पशु सेवा प्राविधिक आदि) शिक्षाको विकास एवं प्रबर्द्धन गर्दै गौरीगञ्ज गाउँपालिकालाई शैक्षिक केन्द्रको रुपमा विकास गर्दै लान संघ तथा प्रदेश सरकारसँग आवश्यक समन्वय गरिने छ ।
१.२६ सामुदायिक माध्यमिक विद्यालयमा स्काउट गठन गरी सञ्चालन गर्न पहल गरिने छ ।


२. स्वास्थ्य तर्फ
२.१ समयसमयमा आइपर्ने विभिन्न महामारीहरुको रोकथाम र नियन्त्रणको गर्न आवश्यक पहल गरिने छ।
२.२ गर्भवती महिलाहरुलाई प्रोटोकल अनुसार न्यूनतम् ४ पटक गर्भ जाँच गराउन प्रोत्साहित गरिनेछ ।
२.३ घरमा सुत्केरी हुने अभ्यासलाई निरुत्साहित गर्दै अस्पताल वा प्रसुति केन्द्रमा सुत्केरी हुन महिलाहरुलाई आकर्षित गरिने छ ।
२.४ गर्भवती महिलालाई निःशुल्क प्रयोगशाला सेवा र अल्ट्रासाउण्ड सेवालाई निरन्तरता दिइने छ ।
२.५ जेष्ठ नागरिकहरुलाई विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न पहल गरिने छ ।
२.६ स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवालाई गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउँदै लगिने छ।
२.७ महिलामा लुकेर रहेको पाठेघर र स्तन क्यान्सर पत्ता लगाउन आवश्यकता अनुसार स्क्रिनिङ्ग शिविर सञ्चालन गरिने छ ।
२.८ आफ्नो भवन नरहेको स्वास्थ्य संस्थाको भवन निर्माणको लागि आवश्यक पहल गरिनेछ ।
२.९ विद्यालयमा अध्ययनरत बालबालिकाहरुको आँखा, दाँत तथा मुख स्वास्थ्य प्रवर्द्धनमा जोड दिइने छ ।
२.१० खोप केन्द्रको अवस्था सुधार गर्दै खोप सेवालाई गुणस्तरीय बनाइने छ ।
२.११. गाउँपालिका क्षेत्रमा बसोबास गरेका दीर्घ रोगबाट पीडित नागरिकहरुलाई उपचार खर्च उपलब्ध गराइउदै आएकोमा सो कार्यलाई निरन्तरता दिइनेछ
२.१२ स्वास्थ्य संस्थाबाट उपलब्ध गराउँदै आएको निशुल्क ल्याब सेवालाई निरन्तरता दिइने छ।
२.१३ सामुदायिक स्वास्थ्य विमा कार्यक्रम तथा नवीकरणलाई प्रभावकारी बनाउन पहल गरिने छ ।
२.१४ गाउँपालिकाका विपन्न घरपरिवारहरुलाई स्वास्थ्य बीमा कार्यक्रममा अनुदानको व्यवस्था गरिनेछ ।

२.१५ ६० वर्ष पुरा भई अवकाश प्राप्त गर्ने स्वयंसेविकाहरुलाई गाउँपालिकाको तर्फबाट रु ५०,००० प्रदान गरिने व्यवस्थालाई निरन्तरता दिइने छ ।
२.१६ स्वयंसेविकालाई प्रत्येक महिनाको वैठकमा सहभागी भएबापत प्रति महिना रु. १,५००।०० उपलब्ध गराउदै आएकोमा त्यसलाई निरन्तरता दिइने छ ।
२.१७ स्वास्थ्य संस्थाहरुमा सुचिकृत अत्यावश्यक औषधिहरुको निरन्तर आपूर्ति गरिनेछ सरकारद्वारा उपलब्ध गराइने निःशुल्क औषधीहरु बाहेकका अन्य औषधीहरुको व्यवस्थापनमा पहल गरिनेछ साथै निःशुल्क उपलब्ध गराइने सूचिकृत औषधीहरुको विवरण स्वास्थ्य संस्थाहरुमा सार्वजनिक रुपमा राख्ने व्यवस्था मिलाइनेछ ।
२.१८ गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टरको लागि आवश्यक स्वास्थ्य सामग्री, उपकरण, आवश्यक जनशक्ति र भौतिक संरचना निर्माण समेतको कार्यलाई व्यवस्थापन गर्दै लगिने छ । साथै प्रयोगशाला सेवालाई समेत विस्तार गर्दै लगिने छ ।
२.१९ प्राथमिक स्वास्थ्य केन्द्र गौरीगञ्जलाई अस्पतालको रुपमा विकास गरी सेवा उपलब्ध गराउन गत आ.व. बाट तयारी शुरु गरिसकिएकोमा चालु आ.व. मा थप व्यवस्थापन गरी अस्पतालको रुपमा सञ्चालन गरिने छ ।
२.२० भुस्याहा कुकुरको प्रकोपबाट बचाउन सम्बन्धित कार्यालयसँग समन्वय गरी बन्ध्याकरण गराउन पहल गरिनेछ ।
२.२१ गौरीगञ्ज गाउँपालिकालाई विगत आ.व हरुदेखि नै पूर्ण खोप सुनिश्चित गरिदै आएकोमा चालु आ.व.मा समेत निरन्तरता दिइने छ ।
२.२२ गाउँपालिकाद्धारा सञ्चालित प्रसुति केन्द्रमा सुत्केरी हुन नसकी अन्यत्र रेफर गर्नुपर्ने अवस्था भएका जटील प्रकृतिका गर्भवती तथा सुत्केरीहरुलाई नजिकको अस्पतालसम्म एम्बुलेन्स सेवाको व्यवस्था गरिने छ ।

३ , खानेपानी तथा सरसफाई तर्फ

३.१ जीवनका लागि पानी भन्ने मूल नाराका साथ खानेपानी आयोजना सञ्चालन तथा विस्तारमा आवश्यक पहल गरिनेछ ।
३.२ गाउँपालिकाभित्रका नागरिकहरुलाई खानेपानीको सुविधा पुर्याउन, हाल संचालनमा रहेका खानेपानीका श्रोतहरुको व्यवस्थापन, वितरण, पाईपलाइनको मर्मत, सुधार र थप व्यवस्थापनमा सहयोग गरिनेछ। नयाँ खानेपानी आयोजना निर्माणका लागि केन्द्रिय स्तरमा वजेट व्यवस्थापनका लागि पहल गरिनेछ ।
३.३ मिति २०७५।३।३ गते यस गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गर्न सफल भएकोमा उक्त घोषणालाई दिगोपना कायम गर्न पूर्ण सरसफाई कार्ययोजना निर्माण गरि अघि बढाइनेछ । साथै गाउपालिकालाई पूर्णसरसफाई • यूक्त गाउँपालिकाको रुपमा विकसित गर्न विभिन्न सहयोगी संस्थाहरु समेतको सहकार्यमा आवश्यक कार्यक्रमहरु सञ्चालन गर्दै लगिने छ ।
३.४ फोहोरमैला व्यवस्थापन सम्बन्धी जनचेतना अभिवृद्धिका लागि सरसफाई अभियान संचालन गरिनेछ । साथै बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि गाउँपालिका, निजी क्षेत्र र स्थानीयबासीको सहकार्यमा नीति निर्माण गरी कार्यक्रम संचालन गरिनेछ
३.५ बजारमा संकलित फोहोरको उचित व्यवस्थापन गर्न ल्याण्डफिल्ड साइडको लागि आवश्यक जग्गाको व्यवस्था गर्न पहल गरिने छ ।
४. संस्कृति प्रबर्द्धन तर्फ
४.१ अल्पसंख्यकको रुपमा रहेका सन्थाल तथा लोपोन्मुख जातिको भाषा, धर्म, संस्कृतिको संरक्षण तथा सम्बर्द्धनमा सहयोग गरिनेछ ।
४.२ मठमन्दिर, गुम्बा, मस्जिद, दिनाभद्री, महाराजथान, चर्चको पूर्वाधार निर्माणमा सहयोग गरिनेछ ।
४.३. “दुःखको साथी, भरोसा राखौँ गाउँपालिका माथि” भन्ने उदघोषको साथ गाउँपालिकाबासीहरुको घरमा घटने मृत्यु संस्कारमा शोक सन्तप्त परिवारमा समवेदनाको लागि सहयोगसाथ गाउँपालिकाको उपस्थितिलाई निरन्तरता दिइनेछ ।
५. लैंगिक समानता तथा सामाजिक समावेशिकरण तर्फ
५.१ जेष्ठ नागरिकको सम्मान, सुरक्षा तथा उनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै गाउपालिकाले अन्य संस्थाको सहकार्यमा जेष्ठ नागरिक धम्ती स्वास्थ्य शिविर संचालन गरिनेछ ।
५.२ बाल विकासका सूचकहरु बाल बचाऊ, बाल संरक्षण, बाल विकास तथा बाल सहभागिता आदि कार्यक्रमहरुमा वालवालिका लक्षित विभिन्न शैक्षिक, सामुदायिक तथा गैरसरकारी संघ संस्थाको सहकार्य र समन्वयमा समेत जोड दिइनेछ ।
५.३ महिलाहरुको हक अधिकार र नेतृत्व विकासका लागि तालिम, सिपमुलक प्रशिक्षण, अध्ययन, अन्तरक्रिया, गोष्ठी लगायतका कार्यक्रम संचालन गरिनेछ ।
५.४ आदिवासी जनजाती, दलित, मधेशी मुश्लिम पिछडावर्ग अपाङ्गता एवं पछाडि पारिएका वर्ग समुदायका हक अधिकार र समावेशीकरणका लागि कार्यक्रम संचालन गरिनेछ ।
५.५ लक्षित समूहहरु महिला वालवालिका, आदिवासी जनजाति, दलित, मधेशी मुश्लिम र पिछडावर्ग, जेष्ठ नागरिक, अपाङ्गता का बड़ा एक गाउपालिकास्तरिय कार्यक्रमहरु प्राथमिकताका आधारमा संचालन गर्ने व्यवस्था मिलाईनेछ ।
५. ६. अपाङ्गता भएका नागरिकको संरक्षण र विकासको लागि अन्य संघ संस्थासंग समन्वय गरी कार्यक्रम संचालन गरिने छ ।
५.७ जन्म दतालाई अनिवार्य र व्यवस्थित गर्न तथा सुत्केरी आमाको स्वस्थ सुधारका लागि बढीमा दुई पटक बच्चा जन्माउने सुत्केरी आमालाई सुत्केरी स्याहार भत्ता उपलब्ध गराइने छ ।
५.९ छोरीलाई पनि आर्थिक रुपमा सक्षम बनाउनुपर्छ भन्ने सचेतना अभियान फैल्याउन छोरी जन्मेपछि बैंक वा वित्तीय संस्थामा बाल बचत खाता खोली गाउँपालिकाको तर्फबाट अनुदानको व्यवस्था गरिने छ ।
५.९ गाउँपालिकामा स्थायी बसोबास गर्ने दुवै आँखा नदेख्ने दृष्टिविहीनहरुको लागि विशेष कार्यक्रम सञ्चालन गर्ने नीति लिइने छ ।
५.१० चालु आ व मा सामाजिक संघसंस्थाको सहकार्यमा लैगिक समानता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरिने छ ।
५.११ गाउपालिका क्षेत्रमा बसोबास गर्ने तेश्रो लिंगी नागरिकहरुको जीवनयापनलाई सहज बनाउन आवश्यक व्यवस्था मिलाइने छ ।
खेलकुद तथा मनोरन्जन तर्फ
६.१ आधारभूत र मा.वि. तहका विद्यार्थीहरुमा उमेर समुहगत खेलकद कार्यक्रम संचालन गरी प्रतिभा छनौट गर्ने र छनौट भएका प्रतियोगी खेलाडीहरुलाई आवश्यक प्रशिक्षणको व्यवस्था मिलाइनेछ।
६.२ गाउँपालिका क्षेत्रबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी भएका खेलाडीहरुको अभिलेख राखी पुरस्कार र प्रोत्साहनको व्यवस्था गरिनेछ ।
६.३ युवा वर्गलाई लक्षित गरी विभिन्न खेलकद प्रतियोगिताहरु संचालन गर्न प्रोत्साहन गरिनेछ ।
६.४. प्रत्येक वडाहरुमा खेलकुद मैदानको व्यवस्थापन गर्दै गाउँपालिका स्तरीय एक स्टेडियम रंगशाला बनाउने नीति लिइनेछ ।
६.५ योग, ध्यान तथा व्यायामलाई मध्यनजर राखी सो को लागि आवश्यक भौतिक सामग्री एवं प्रबर्द्धनमा जोड दिइनेछ ।
सामाजिक परिचालन तर्फ
७.१ सामाजिक परिचालनको प्रकृया मार्फत दोल विकास संस्थाको गठन तथा परिचालनको शुरुवात गरिनेछ ।
७.२ गठित टोल विकास संस्थाको क्षमता विकासको लागि आवश्यक पहल गरिने छ।
७.३ जातीय, लैंगिक विभेद तथा घरेल हिंसा न्यूनीकरण गर्न, कुप्रथा अन्त्य गर्न टोल विकास संस्थाहरू मार्फत सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।

(ग) पूर्वाधार विकास
१. सड़क तथा पुल तर्फ

१.१। गौरीगंज गाउँपालिकाकी विकासको मेरुदण्डको रुपमा रहेको हुलाकी सडक निर्माण र सो सडकमा रहेका पुल, कल्भट लगायतका पूर्वाधार निर्माण कार्यलाई सम्पन्न गर्न सम्बन्धित निकायमा पहल गरिनेछ । उक्त सडकको मापदण्ड अनुसारको सडकको क्षेत्राधीकार कायम गर्न गाउँपालिकाले प्रत्यक्ष सहयोग गर्ने नीति लिइनेछ ।
१.२ विगतमा स्तरोन्नति भइसकेका गाउँपालिका स्तरीय सडकहरुमा चालु आव देखि क्रमशःकालोपत्रेको शुरुवात गरिने छ। लामो दूरीका सडकहरुको हकमा कालोपत्रेको लागि प्रदेश सरकार र नेपाल सरकारसंग आवश्यक पहल गरिनेछ ।
१.३ कच्ची सडकहरुमा प्राथमिकताका आधारमा क्रमश ग्राभेल बिछ्याउने काम गरिने छ ।
१.४ विगतमा बनेका ग्राभेल सडकको प्राथमिकताका आधारमा क्रमशः स्तरोन्नति गरिने छ ।
१.५ उपरोक्त कामका लागि निम्न बमोजिम सडकको क्षेत्राधिकार तोकिएको छ । तोकिएको सडक क्षेत्राधीकार भित्रका विद्युत पोल सार्न सम्बन्धित निकायमा पहल गरिने छ ।
*गाउँपालिका स्तरीय सडक ४० फिट
*वडा स्तरीय सडक ३० फिट
*वडा स्तरीय शाखा सडक : २० फिट
*बजार क्षेत्रका गल्ली: साविकमा निर्माण भएको संरचनाकै आधारमा
(विद्यमान परिस्थितिलाई ध्यानमा राखी उक्त नीतिलाइ गाउँपालिकाले आवश्यकता अनुसार परिमार्जन गर्न सक्नेछ । तर हाल कायम गरिएको सडकको क्षेत्राधीकारलाई कम गर्नेगरी फेरबदल गरिने छैन।
१.७ उपभोक्ता समितिबाट सञ्चालन गरिने पूर्वाधार विकास योजनाको निर्माणमा उपभोक्ता समितिसँग न्यूनतम् दश प्रतिशत नगद सहभागिता अनिवार्य गरिदै आएकोमा सो लाई निरन्तरता गरिनेछ । सरकारी कार्यालय, सामुदायिक भवन, मठमन्दिर, महाराजथान, गुम्बा, चर्च, मस्जिद, विद्यालय, स्मसानघाट, कब्रस्थानको भौतिक पूर्वाधार निर्माणमा नगद सहभागिता अनिवार्य गरिने छैन तर १० प्रतिशत जनश्रमदान अनिवार्य गरिने छ ।
१.८ नेपाल सरकार तथा प्रदेश सरकारबाट यस गाउँपालिकामा निर्माणाधिन ठुला पुल, कल्भर्ट सम्पन्न गर्न सम्बन्धित निकायमा ध्यानाकर्षण गरिनेछ ।
१.९ आयोजना तथा कार्यक्रमलाई प्रभावकारी एवं गुणस्तर कायम राख्न अनुगमन तथा मूल्यांकन कार्यलाई व्यवस्थित गरिनेछ ।
१.१० तीन लाखभन्दा बढीको लागत अनुमान भएको योजना सञ्चालन गर्दा साइट सुचारु गर्नुपूर्व अनिवार्य रुपमा आयोजना स्थलमा आयोजना सूचना पाटी (होडिंग बोर्ड) राख्नुपर्नेछ ।
१.११ गाउँ सभाबाट पारित योजना कार्यक्रमलाई बीचबीचमा गाउँ कार्यपालिकाको बैठकबाट योजना संसोधन गर्ने कार्यलाई बन्द गरिनेछ ।
१.१२ गौरीगञ्ज गाउँपालिका क्षेत्रगत हिसाबमा धेरै टाडासम्म फैलिएको पटकपटक गाउँपालिका धाउन भन्फट हुने हुँदा स्थानीय वडा कार्यालयबाटै सेवा-सुविधा प्रवाह र स्थानीय जनतालाई गर्ने उद्देश्यले पाँच लाख रुपैयाँसम्मका योजना / कार्यक्रमहरुको सम्झौता सम्बन्धित वडा कार्यालयमै गर्ने र योजना/कार्यक्रम सम्पन्न भएपछि भुक्तानीको लागि मात्र गाउँपालिका आउनुपर्ने व्यवस्थालाई निरन्तरता दिइने छ ।
१.१३ गाउँपालिका क्षेत्रमा रहेका सडकहरुको पहिचान तथा निर्माण सम्पन्न सडकको अभिलेखीकरण गरिने छ ।
१.१४ स्थानीय पूर्वाधारको निर्माण र व्यवस्थापनमा लाभग्राहीहरुसँग लागत साझेदारीको लागि प्रोत्साहन गर्ने निति लिइने छ ।

२. भवन तथा शहरी विकास तर्फ
२.१ गाउँपालिका क्षेत्रमा नयाँ घरहरु निर्माण गर्दा बस्ती विकास तथा शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड २०७२ र भवन संहिता बमोजिम नक्सा पास स्वीकृत गरेर मात्र निर्माण गर्नुपर्नेछ ।
२.२ गाउँपालिका क्षेत्रभित्र निर्माण भईसकेका घरहरुको घरनक्सा पास अर्न्तगत अभिलेखिकरण कार्यलाई निश्चित समयसीमा तोकी विशेष छुट सहितको व्यवस्था गरी अभिलेखिकरण गर्ने कार्य अघि बढाइनेछ ।
२.३ गाउँपालिकाको नक्सांकन र व्यवस्थापनवाट सबै क्षेत्रमा एकरुपता ल्याउन घर नम्बर, वस्तीको नामाकरण, सडकको नामाकरण लगायतका कार्यलाई अगाडी बढाईनेछ । साथै जनसंख्याको व्यवस्थित रुपमा अभिलेखिकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
२.४ गाउँपालिकामा रहेको लोकसेवा सदनलाई सार्वजनिक सम्पत्तिको रुपमा कायम गरी अतिथि सदन निर्माणका लागि विस्तृत सर्भे सहित बजेट व्यवस्थापनका लागि पहल गरिनेछ ।
२.५ गाउँ कार्यपालिकाको प्रशासनिक भवन तथा सामुदायिक भवन निर्माण गर्न जग्गा व्यवस्थापन गरी प्रदेश तथा नेपाल सरकारसंग आवश्यक बजेट व्यवस्थाको लागि पहल गरिनेछ ।
२.६ अव्यवस्थित रुपमा सार्वजनिक स्थल, सडक तथा खोलाका किनाराहरुमा जोखिम रुपमा बसोबास गरिरहेका अव्यवस्थित तथा विपन्न समुदायको बसोबासलाई विभिन्न दातृ संस्था तथा निकायसंगको सहकार्यमा एकीकृत वस्ती निर्माण कार्यको लागि पहल गरिने छ ।
२.७ नेपाल सरकारबाट गौरीगञ्ज गाउँपालिका नयाँ शहर आयोजनामा छनौट भएको हुँदा सो को प्रभावकारी कार्यान्वयनको लागि आवश्यक पहल गरिने छ ।
२.८ “समृद्ध, जीवन्त, सुन्दर र समावेशी शहर” को नारालाई साकार पार्न यस गौरीगञ्ज गाउँपालिका अन्तर्गतका बजारहरुलाई स्वच्छ, सुरक्षित एवं समृद्ध शहरी वातावरणको विकास गरी स्थानीय वासिन्दाहरुको जीवनस्तर सुधार्न प्रयत्न गरिने छ ।
२.९ शहरी क्षेत्रको विकासमा सलग्न निकायहरुबीच समन्वय, सहकार्य अभिवृद्धि गरी शहरी व्यवस्थापनलाई प्रभावकारी बनाइने छ ।
२.१० उत्पादनशील र समन्नत शहरी विकासको लागि आर्थिक तथा वित्तीय श्रोतसाधन प्रभावकारी रुपमा परिचालन गर्ने नीति लिइने छ ।
२.११ शहरी सुशासन सुनिश्चित गर्न शहरी पूर्वाधारलाई नागरिकमैत्री बनाउने नीति लिइने छ ।
२.१२ नवीनतम् प्रविधिको प्रयोग गरी शहरको भौतिक पहिचान, पर्यावरण पूर्वाधार, ऐतिहासिक धरोहर, कला संस्कृतिको जगेर्ना गर्दै देश र भुगोल सुहाउँदो दीगो, उत्पादनशील र समावेशी शहरको रुपमा विकास गर्दे स्मार्ट सिटीको रुपमा विकास गर्दै लाने नीति लिइने छ ।
२.१३ शहरी सौन्दर्यमा प्रतिकूल प्रभाव पार्ने तार, बोर्ड जस्ता वस्तुहरुको प्रयोगमा न्यूनीकरण गर्दै जाने नीति लिइने छ ।
२.१४ शहरी क्षेत्रको विकासको लागि जग्गा तथा भवन एकीकरण (हाउस पुलिङ्ग) आयोजनाहरु सञ्चालन गर्न संघ तथा प्रदेश सरकारसँग अनुरोध गर्ने नीति लिइने छ ।
२.१५ अव्यवस्थित वस्ती विस्तारको क्रमलाई निरुत्साहित गर्दै प्रभावकारी बस्ती विकास योजनाहरु परिचालन गर्न योजनाबद्ध पूर्वाधार र सेवा सुविधाको प्रभावकारी परिचालन गर्ने नीति लिइने छ
२.१६ भूमिहिनहरुलाई रोजगारीको अवसर भएका स्थानहरुमा संयुक्त आवास बनाई उपलब्ध गराउने योजना तथा कार्यक्रमको लागि संघ तथा प्रदेश सरकारमा अनुरोध गर्दै जाने नीति लिइने छ ।
२.१७ विद्यमान बजार क्षेत्रको विविध• मौलिकताको पहिचान गरी तिनीहरुको संरक्षण तथा सम्बर्द्धन गर्दै भूउपयोग तथा सम्पदा बस्ती विकास योजना बनाई कार्यान्वयन तर्फ अग्रसर हुन संघ तथा प्रदेश सरकारसँग समन्वय गर्ने नीति लिइने छ ।
२.१८ घर जग्गाको व्यवसायिक कारोबार, लिज एवं बहाल सम्बन्धी कारोबारको लागि व्यवस्थित बनाउन नियम तर्जुमा गरी नियमन गर्ने नीति लिइने छ ।

३. उर्जा तथा विद्युत तर्फ
३.१ विगतमा विस्तार भएका विद्युत प्रशारण लाइनको क्षमता बृद्धि तथा मर्मतका लागि सम्बन्धित कार्यालयमा पहल गरिने छ ।
३.२ विद्युत आपूर्ति पुग्न नसकेका क्षेत्रहरुमा वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रसँगको सहयोगमा नवीकरणीय उर्जा व्यवस्थाको लागि पहल गरिने छ ।
३.३ विद्युत विस्तार हुन वाँकी स्थानहरुमा विधुतीकरणका लागि विद्युत प्राधिकरणसंग पहल गरिने छ ।
३.४ गौरीगञ्ज गाउँपालिका क्षेत्रका हाट बजार, मुख्य सड़क क्षेत्रमा सडक बत्ती जडान कार्यको लागि आवश्यक पहल गरिने छ ।
३.५. कृषकहरुको खेतमा सिचाइका लागि विद्युत पोल खरीद गरी विद्युत विस्तार गरिने छ । साथै नेपाल विद्युत प्राधिकरणमा समेत आवश्यक पहल गरिने छ ।

(घ) वन, वातावरण तथा विपद व्यवस्थापन
१. पर्यावरणीय महत्व बोकेको यस गाउँपालिकाका महत्वपुर्ण नदीहरु रतुवा, रामचन्द्रे, गेउरिया, लेहेरा, लालगौरिया, किस्नी, कमल, कमलबनियानी र कन्काई खोलाको नियन्त्रण, ठुला नदी किनारमा वृक्षारोपण कार्यक्रम तथा तटबन्धको लागि प्रदेश तथा नेपाल सरकारसंग बजेट विनियोजन गर्न आवश्यक पहल गरिनेछ ।
२ विपद्बाट हुने जनधनको क्षति कम गर्न र विपद्लाई न्यूनीकरण गर्न नेपाल रेडक्रस सोसाइटी, सुरक्षा निकाय लगायत अन्य सरोकारवाला निकायहरुको सहकार्यमा राहत तथा विपद् जोखिम न्यूनिकरण कार्यक्रम संचालन गरिनेछ ।
३ गाउँपालिकावासीहरुको स्वास्थ्यमा ध्यान पुर्याउदै बायोग्यास, वैकल्पिक उर्जाको प्रर्वद्धनमा जोड दिइनेछ ।

४ विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने तारजाली, बोरा र अन्य सामाग्री तयारी अवस्थाम राख्ने व्यवस्था मिलाइनेछ ।

५ यस गाउँपपालिकामा बसोबास गर्ने नागरिकहरुलाई सर्पले टोकी बाहिर उपचार गर्न लानुपर्ने अवस्था रहेकोले उक्त उपचारमा लाग्ने खर्च गाउँपालिकाको तर्फबाट व्यवस्था गरिने छ । आकस्मिक आश्रयको लागि विपद सम्भावित क्षेत्रमा रहने गरी सामुदायिक भवन निर्माणको लागि पहल गरिने छ।
६. वन तथा वातावरण संरक्षणका लागि यस गाउँपालिका क्षेत्रभित्रका सामुदायिक वनहरुको संख्या र क्षेत्रफल यकिन गरी संरक्षण तथा घेराबाराको लागि पहल गरिने छ ।
७ सडक दुर्घटनालाई न्यूनीकरण गर्नको लागि विद्यार्थीहरुलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

८ सडक दुर्घटना न्यूनीकरणको लागि छाडा चौपाया नियन्त्रण तथा सडक अवरोध गर्ने सामाग्रीहरु सडकमा राख्न नपाइने नीतिलाई कडाइका साथ लागू गरिने छ ।
१०. विद्युत प्रशारण लाइनबाट निम्तिन सक्ने विपद न्यूनीकरणको लागि सम्बन्धित निकायलाई जानकारी तथा आवश्यक व्यवस्थापनको लागि पहल गरिने छ ।
११. आगलागीबाट हुने विपद या क्षतिको अवस्था हेरी आगलागी पिडितलाई न्यूनतम् राहतको व्यवस्था गरिने छ ।
१२ गौरीगञ्ज गाउँपालिकाको पहिचानको लागि एक घर एक सिरिसको बोट अभियानलाई सञ्चालन गर्न जिल्ला वन कार्यालय एवं अन्य सरोकारवालाहरुसँग समन्वय गरी आवश्यक व्यवस्था गरिने छ।
१३. गाउँपालिकामा रहेका कालोपत्रे सडकको दायाँ बायाँ क्षेत्रलाई हरियाली बनाउन सडकका दुवै साइटमा वृक्षारोपणको लागि आवश्यक पहल गरिने छ ।
१४. नेपाल रेडक्रस सोसाइटी, गौरीगन्ज उपशाखा कार्यालयको भवन निर्माणका लागि पहल गरिने छ।

संस्थागत विकास तथा सुशासन
१. गाउँपालिकाबाट प्रवाह गरिने सेवालाई जनमैत्री, उत्तरदायी, जवाफदेही र पारदर्शी बनाई मुस्कानसहितको सेवा प्रवाह गरिने छ

२ आन्तरिक प्रशासन चुस्त र दुरुस्त बनाई गाउँवासीलाई छिटो, छरितो, सरल र प्रभावकारी ढंगलेसेवा सुविधा उपलब्ध गराईनेछ ।

३ गाउँपालिकाभित्र आवश्यक पर्ने कर्मचारीहरुको व्यवस्थापन गर्न सेवा प्रवाह सम्बन्धी मापदण्ड बनाई लागू गरिने छ । साथै योग्यता, क्षमता र उत्कृष्टताको आधारमा पदस्थापन प्रणालीलाई व्यवस्थित गरिनेछ ।
४ अनुभवी क्षमतावान र स्वयं उत्प्रेरित कर्मचारी बिना गाउँवासीले चाहे जस्तो प्रभावकारी र अनुभूतिजन्य सेवा प्रवाह गर्न समस्या पर्ने भएकाले प्रशासनिक संयन्त्रलाई आधुनिक प्रविधि युक्त वनाइदै समयानुकुल तालिम र प्रशिक्षणमा जोड दिइनेछ । साथै अनुशासित भई काम गर्ने कर्मचारीलाई प्रोत्साहन तथा अनुशासनहिन काम र गल्ति गर्ने कर्मचारीलाई सचेत गराउदै निरुत्साहित, दण्डित गरिने नीति अवलम्बन गरिनेछ ।

५ गाउँपालिकावाट सम्पादन हुने विकास निर्माण र कार्यक्रमहरुलाइ पारदर्शी, जिम्मेवार र उत्तरदायी बनाइने छ ।
६. सेवा प्रवाहलाई विद्युतिय सुचना प्रणालीमा आवद्ध गरिनेछ । प्रविधि मैत्री जनशक्ति निर्माणको लागि आवश्यक तालिमको व्यवस्था गरी कर्मचारीहरुको क्षमता अभिवृद्धि तर्फ ध्यान दिईनेछ ।
७ यस गाउँपालिकामा कार्यरत स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई हरेक वर्षको गाउँ सभामा पुरस्कृत गरिने छ ।
८. • कर्मचारीहरुमा रहेको क्षमताको उच्चतम उपयोग गरी कर्मचारीहरुलाई सेवा प्रवाहमा सदैव उत्प्रेरित गर्न कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ । करारतर्फका कर्मचारीहरुलाई समेत पोशाक तथा चाडपर्व खर्चको व्यवस्थालाई निरन्तरता दिइनेछ ।
९. प्रशासनिक खर्चमा मितव्ययिता अपनाईनेछ ।
१०. प्रभावकारी वित्तिय व्यवस्थापनका लागि कम्प्यूटराइज़ लेखा प्रणाली व्यवस्थित गर्ने कार्यलाई। निरन्तरता दिइनेछ ।
११. वडा कार्यालयहरु, सामुदायिक विद्यालयहरु, स्वास्थ्य गाउँपालिका अर्न्तगत रहेका कार्यालय, संस्थाहरुमा क्रमिक रुपमा विद्युतिय हाजिरीको व्यवस्था गरी अनुगमन गर्ने कार्यलाई प्रभावकारी बनाइनेछ ।
१२. गाउँपालिका अर्न्तगतका वडा कार्यालयहरु तथा विषयगत शाखाहरुले प्रत्येक चौमासिक समयावधिभित्र सम्पन्न भएका कार्यहरुको प्रगति विवरणको समिक्षा सहित जनप्रतिनिधि र कर्मचारी बीच अर्न्तक्रिया गर्ने व्यवस्था मिलाइनेछ ।
१३. गाउँपालिकाका हरेक क्रियाकलापहरु कार्यालयको webside, Mobile Apps, Facebook page तथा गौरीगञ्ज बुलेटिन प्रकाशन गरी सर्वसाधारणलाई सूचना प्रवाह गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
१४. गाउंपालिकाभित्र वैधानिक रुपमा दर्ता भई सञ्चालनमा रहेका सञ्चार माध्यमहरुलाई गाउँपालिकामा सुचिकृत गरी प्रबर्द्धनको लागि सहयोग गर्ने नीति लिइने छ । साथै अन्य सञ्चार माध्यमहरुसँग पनि सहकार्य एवं समन्वयमा कार्यक्रम सञ्चालन गरिनेछ ।
१५ नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागअन्तर्गत सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजनाबाट गाउँपालिकामा सञ्चालन भइरहेको कार्यक्रमहरुलाई निरन्तरता दिई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । साथै उक्त विभागको अनुरोधबमोजिम गाउँपालिकामा कार्यरत एमआइएस अपरेटर र फिल्ड सहायकको अपुग पारिश्रमिक गाउँपालिकाबाट व्यहोरिनेछ ।
१६. बेरोजगार युवाहरुलाई सरकारी सेवामा प्रवेश गराई आत्मनिर्भर बनाउने उद्देश्यले लोक सेवा आयोग तयारी कक्षा सञ्चालनलाई निरन्तरता दिइने छ ।
१७. संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई सुदृढ तथा समन्वयात्मक बनाइने छ बजार अनुगमन, गुणस्तर नापतौल, खाद्य सुरक्षा तथा उपभोक्ता हित संरक्षण सम्बन्धी आवश्यक मापदण्ड बनाई कार्यक्रम सञ्चालन गरिने छ ।
१९. आन्तरिक तथा अन्तिम लेखा परीक्षणबाट औल्याइएका सुझाव तथा राय कार्यान्वयनका साथै वित्तीय जोखिम न्यूनीकरण, आर्थिक प्रशासन नियन्त्रण, बेरुजू फस्यौंट गर्न शून्य सहनशीलताको नीति अवलम्बन गरिने छ ।
२० आन्तरिक रोजगारलाई अभिवृद्धि गरिनेछ । साथै वैदेशिक रोजगार मर्यादित, जोखिमरहित र विश्वसनिय बनाउन दक्षता बद्धिको लागि संस्थागत कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाइने छ। ।
२१ वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारका सदस्यहरुलाई सहायता गर्ने नीति लिइने छ । साथै सुरक्षित आप्रवासन परियोजनालाई चालु आ.व.मा निरन्तरता दिइने छ ।
२२ गाउंपालिकाको अभिलेख प्रणालीलाई व्यवस्थित गर्न डिजिटल प्रविधिमा आधारित गाउँ पाश्र्वचित्र.निर्माणको लागि आवश्यक व्यवस्था गरिने छ ।
२३. गाउँपालिकाको न्याय, कानून तथा मानव अधिकारको संरक्षण गर्ने नीति लिइने छ । सुशासनको संस्थागत विकासको लागि सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण तथा नागरिक बडापत्र जस्ता माध्यमलाई प्रभावकारी बनाइने छ ।
२४.सेवा प्रवाहलाई व्यवस्थित गर्न गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण, कार्य विवरण तथा कार्य सम्पादन मूल्यांकनलाई प्रभावकारी बनाइने छ ।
२५ कार्यालयको भौतिक संरचना सुधार गरी प्रविधिमैत्री बनाइने छ ।
२६. राजश्व नीति, राजश्व सुधार तथा अनुगमन सम्बन्धि योजना अघि बढाइने छ ।
२७.सार्वजनिक खरीदलाई व्यवस्थित, पारदर्शी, जवाफदेही तथा मितव्ययी बनाइने छ ।
२८. स्थानीय सामाजिक एवं सामुदायिक संस्थाहरुसँग सहकार्य गर्दै गाउँपालिकाबासीलाई सभ्य, सुसंस्कृत र जिम्मेवार नागरिक बनाउन विभिन्न सचेतना तथा व्यक्तित्व विकास योजना तथा कार्यक्रमहरु कार्यान्वयन गर्दै लगिने छ ।
२९.गाउपालिकाबाट प्रदान हुने सेवाप्रवाहलाई चुस्त, दुरुस्त एवं छिटोछरितो बनाउन प्रविधिमैत्री पेपरलेस प्रणालीमा विकास गर्दै इ गभरनेन्सको रुपमा विकास गर्दै लगिने छ ।

३० कार्यालयको सेवा करारलाई आवश्यक स्वीकृत मापदण्ड अनुसार सञ्चालन गरिने छ
३१. नेपाल सरकारले स्थानीय तहहरुको लागि स्वीकृत गरेको स्थानीय तह स्वमूल्यांकन (लिजा र स्थानीय तह वित्तीय जोखिम न्यूनीकरण (फयाप) सम्बन्धि तोकिएका सूचकहरु पूरा गर्न गाउँपालिकामा रहेका सम्बन्धित शाखा, विषयगत शाखा र वडा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई जिम्मेवारी तोकी जवाफदेही बनाइने छ ।