गौरीगञ्ज गाउँपालिका द्वारा मेचीनगर नगरपालिका ३-‌२ गोलको अन्तरले पराजित

बिर्तामोड , फागुन २४ । झापा जिल्ला अन्तरपालिका कर्मचारीस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा गौरीगञ्ज गाउँपालिका ले मेचीनगर नगरपालिका लाई ३-२ गोलको अन्तरले पराजित गरेको छ ।‌आज दिउसो १ बजे भएको गौरीगञ्ज गाउँपालिका र मेचिनगर नगरपालिका बिच रोमाञ्चक खेल मा पहिलो गाइको ३ मिनेटमै मेचिनगरका विजय खड्काले गौरीगञ्ज गाउँपालिका बिरुद्ध १ गोल गरेका थिए । खेलको २३ औ मिनेटमा गौरीगञ्ज गाउँपालिका का रबिन्द्र राईले मेचीनगर लाई गोल फर्काएर खेल बराबरीमा पुर्याएका थिए । त्यसैगरी मध्यान्तर पछीको दोश्रो हापमा गौरीगथ्जका तर्फबाट राजकुमार राजवँशीले मेचीनगर नगरपालिका बिरुद्ध लगातार दुई गोल गरेका थिए भने मेची नगर नगरपालिका का बिजय खड्का ले पुन: एक गोल फर्काउन सफल भएका थिए । अब फागुन २७ गते गौरीगञ्ज गाउँपालिका को भिडन्त कन्काइ नगरपालिका सँग हुने भएको छ । उक्त प्रतियोगिता बिर्तामोड को बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालामा शनिबार देखि शुरु भएको छ । आजै भएको पहिलो खेलमा बाह्रदशी गाउँपालिका लाई हराउदै भद्रपुर नगरपालिका ले तेस्रो खेलमा कचनकवल गाउँपालिका लाई हराउदै गौरादह नगरपालिका ले जित हासिल गरेको थियो ‌।

बिर्तामोड नगरपालिकाको आयोजनामा संचालन भइरहेको प्रतियोगिताको बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरेकि थिइन् ।

अघिल्लो लेखमाभोलि गौरीगञ्ज गाउँपालिका र मेचीनगर नगरपालिका बीच रोमाञ्चक फुटबल खेल
अर्को लेखमाअन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा गौरीगञ्ज १ का उत्कृष्ट दश महिला सम्मानित