साउन ७ गौरीगञ्ज । गएको आर्थिक बर्ष २०७५-७६ मा गौरीगञ्ज गाउँपालिका को बेरुजु रकम १ करोड ७८ लाख ६६ हजार रुपैंया देखिएको छ । महालेखा परीक्षकको सन्तावन्नौ आर्थिक प्रतिबेदन २०७७ ले सो कुरा देखाएको छ । लेखा परिक्षण गरिएको कुल रकम ८५ करोड २९ लाख ७१ हजार रुपैंयाको २.०९ प्रतिशत रकम बेरुजु देखिएको हो । गएको बर्ष गौरीगञ्ज गाउँपालिका को बेरुजु ०.६५ प्रतिशत अर्थात ४२ लाख ६० हजार मात्र थियो ।
सो प्रतिवेदनले झापाका पालिका हरु मध्ये सबै भन्दा धेरै बेरुजु गौरादह नगरपालिकाको देखाएको छ । गौरादहको कुल लेखा परिक्षण रकम रु १ अर्ब ४८ करोड ४८ लाख ५४ हजार रुपैयाको ५.२० प्रतिशत रकम अर्थात ७ करोड ७२ लाख १२ हजार रुपैया बेरुजु देखिएको छ । त्यसै गरि मेचिनगर नगरपालिकाको सबै भन्दा कम बेरुजु देखिएको छ । मेचिनगरको लेखा परिक्षण गरिएको कुल रकम रु २ अर्ब ६४ करोड ३१ लाख २ हजार रुपैयाको ०.०३ प्रतिशत रकम अर्थात ८ लाख ९३ हजार रुपैंया मात्र बेरुजु देखिएको छ ।
उपलब्ध स्रोत र साधनलाई नियमितता,मितव्ययिता,कार्यदक्षता ,प्रभावकारिता र औचित्यताका आधारमा प्रयोग गर्दै आर्थिक प्रशासनलाई जवाफदेहि र पारदर्शिताको माध्यमबाट आर्थिक प्रशासनमा सुशासन कायम गर्न लेखापरिक्षणको क्रममा देखिएको त्रुटि वा अनियमितता नै बेरुजु हो ।
सरल अर्थमा बेरुजु भन्नाले रुजु हुन नसकेको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । सर्वप्रथम बेरुजूको परिभाषा सरकारी रकम असुल फछ्र्यौट नियम -२०२७ मा भएको पाइन्छ ।यस नियमको परिभाषा अनुसार बेरुजु भन्नाले आन्तरिक लेखा परीक्षण वा अन्तिम लेखा परीक्षणबाट देखिएको वा ठहरिएको कुनै सरकारी आर्थिक कारोबारको अनियमित रकमलाई सम्झनुपर्छ भनी उल्लेख गरेको पाइन्छ । बेरुजु रकम लाइ सामान्य भाषामा मोजमस्ति खर्च पनि भन्ने गरिन्छ ।
गौरीगञ्ज गाउँपालिका को बेरुजु रकम १ करोड ७८ लाख ६६ हजार

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्