गौरीगञ्ज गाउँपालिका को नवनिर्वाचित जनप्रतिनिधि हरुले गौरीगञ्जमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई निशुल्क शिक्षा को व्यवस्था गर्ने निर्णय गरेको छ । सपथ ग्रहण पछी बसेको वडाध्यक्ष हरु सहित को पहिलो बैठकले गौरीगञ्जका सामुदायिक विद्यालय हरुमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सम्पुर्ण विद्यार्थी हरुले बिद्यालय मा बुझाउनु पर्ने सबै शुल्क , निशुल्क गर्ने निर्णय गरेको हो ।

अध्यक्ष

नवनिर्वाचित प्रमुख फुलबत्ती राजवंशी को अध्यक्षता मा बसेको बैठकले शहिदहरु प्रति सम्मान प्रकट गर्दै गौरीगञ्जमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने समेत निर्णय गरेको छ ।

उपाध्यक्ष

बैठक बस्नु अघि आजै नवनिर्वाचित अध्यक्ष फुलवती राजवंशी र उपाध्यक्ष पुजन न्यौपाने कुँवर ले केहि निति गत मार्गदर्शन हरु स्विकृत का लागि पेश गर्दै टिप्पणी आदेश जारी गरेका छन् ।

सन्तुलित र समानुपातिक विकास, अध्ययनमा आधारित पुर्वाधार विकास आयोजनाहरुको कार्यान्वयन, सर्वयाम यातायात संचालन हुन सक्ने गरि स्थानीय सडकहरुको क्रमश स्तरोन्नती ४ आर्थिक विकास र गरिवि न्युनिकरणमा सहयोग पुर्याउने स्वरोजगारमुलक कार्यक्रमहरुको कार्यान्वयन, दिगो विकास, वातावरण संरक्षण र विपद व्यवस्थापनमा सहयोग पुर्याउने कार्यक्रमहरुको कार्यान्वयन, लैगिक समानता र सामाजिक समावेशिकरण, स्थानीय भाषा, साहित्य, संस्कृतिको संरक्षण र सम्वद्धन, गाउँपालिकाको संस्थागत क्षमता विकास, सुशासन प्रवर्द्धन र प्रविधिमा आधारित सेवा प्रवाहको सुदृढिकरण जस्ता नितिगत मार्ग दर्शन हरु स्विकृति का लागि पेश गरेका छन् ।

टिप्पणी आदेश मा भनिएको छ – संविधानसभाबाट निर्माण भइ जारि गरिएको नेपालको संविधान २०७२ अनुसार गणतन्त्रको कार्यान्वयनका क्रममा आषाढमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनबाट निर्वाचित २०७४ जनप्रतिनिधिहरुको कार्यकाल समाप्त भएको र मिति २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको दोश्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको सपथ ग्रहण भई पदभार ग्रहणको यस घडिमा गौरीगंज गाउँपालिकाले आगामी दिनमा तर्जुमा गरिने बार्षिक नीति कार्यक्रम र बजेट निर्माण गर्दा लिनु पर्ने तपशिल बमोजिमका नीतिगत मार्गदर्शनहरु स्विकृतका लागि पेश गरेको छु ।

तपशिल

सन्तुलित र समानुपातिक विकास

२ अध्ययनमा आधारित पुर्वाधार विकास आयोजनाहरुको कार्यान्वयन

३ सर्वयाम यातायात संचालन हुन सक्ने गरि स्थानीय सडकहरुको क्रमश स्तरोन्नती ४ आर्थिक विकास र गरिवि न्युनिकरणमा सहयोग पुर्याउने स्वरोजगारमुलक कार्यक्रमहरुको कार्यान्वयन

५ दिगो विकास, वातावरण संरक्षण र विपद व्यवस्थापनमा सहयोग पुर्याउने कार्यक्रमहरुको कार्यान्वयन

६ लैगिक समानता र सामाजिक समावेशिकरण

७ स्थानीय भाषा, साहित्य, संस्कृतिको संरक्षण र सम्वद्धन

८ गाउँपालिकाको संस्थागत क्षमता विकास, सुशासन प्रवर्द्धन र प्रविधिमा आधारित सेवा प्रवाहको सुदृढिकरण