चैत १३, गौरीगञ्ज । कोरोना भाइरस सँक्रमण को दोश्रो लहर आएसँगै झापाको गौरीगञ्ज गाउँपालिका मा समेत सुरक्षा सतर्कता अपनाउने निर्णय गरिएको छ । शुक्रबार बसेको गाउँपालिका स्तरिय सिसिएमसि को बैठकले सो निर्णय गरेको हो ।
बैठकले सँक्रमण नियन्त्रण का लागि सँघिय सरकार, प्रदेश सरकार, लगायत माथिल्लो निकायहरुले गरेका निर्णय हरु कार्यन्वयन गर्ने, एम्बुलेन्स, क्वारेन्टाइन, स्वास्थ्य कर्मी, आइसोलेसन लगायतका सेवाहरु तयारी अवस्थामा राख्ने, कार्यालयहरु मास्क तथा सेनिटाइजर अनिवार्य गर्ने, हात धुने ब्यबस्था गर्ने, सामाजिक दुरि कायम गर्ने , विद्यालयहरुमा न्युनतम सुरक्षा का मापदण्डहरु अपनाउन आब्हान गर्ने, बैठक बित्तिय सँस्था बजार पसलमा न्युनतम सुरक्षा का मापदण्ड अपनाउन आब्हान गर्ने , मेला, जात्रा हाट बजार आदिमा हुने भिडभाड सके सम्म निरुत्साहित गर्ने, फत्तेपुर नाकामा हेल्थ डेस्क स्थापना गर्ने, सीमा नाका हरुमा सुरक्षाकर्मी हरुसँगको सहकार्यले सुरक्षा सतर्कता अपनाउने लगायतका निर्माण हरु गरिएको कुरा स्वास्थ्य शाखा गौरीगञ्जका प्रमुख रामचन्द्र मिश्र ले जनाएका छन् ।