११ साउन गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका ले आर्थिक बर्ष २०७७-०७८ को लागि रु ४६ करोड ५१ लाख ५० हजार को अनुमानित बजेट सार्बजनिक गरेकोछ । गाउँपालिका ले एक औपचारिक कार्यक्रमको आयोजना गरि सो बजेट सार्बजनिक गरेको हो । गाउँपालिका ले सार्बजनिक गरेको बजेटमा रु ३ करोड ७९ लाख३६ हजार ८८० रिपैया घाटा देखिएकोछ । कोरोना महामारीका कारण प्रदेश सरकार र सँघिय सरकारवाट बार्षिक रुपमा प्राप्त भइरहेको अनुदान कटौति भएका कारण सो रकम घाटा देखिएको कुरा गाउँपालिका अध्यक्ष बाबुरामका श्रेष्ठले बताएका छन् । सो घाटा रकम गत आर्थिक बर्षको अल्या रकम तथा बिकास योजनाको ठेक्का प्रकृयामा बचत हुने रकमहरु बाट पुर्ति गरिने कुरा प्रमुख प्रसासकीय अधिकृत प्रविण दाहालले बताएका छन् ।
सडक तथा पुल पुलेसा निर्माणमा रु २ करोड ७० लाख, न्यायिक समितिमा ५ लाख, युवा तथा खेलकुदमा २० लाख , सँस्कृति तर्फ २५ लाख, लक्षित बर्ग तर्फ ४५ लाख ५० हजार, पर्यटन तर्फ २५ लाख, र सहरी बिकास योजना तर्फ ६० लाख, रुपैंया बिनियोजन गरेको छ । त्यसै गरि वडा तर्फ वडा नँ १ का लागि रु ८० लाख, वडा नँ २ का लागि रु ७२ लाख, वडा नँ ३ का लागि रु ६४ लाख, वडा नँ ४ का लागि रु ६० लाख, वडा नँ ५ का लागि रु ६० लाख र वडा नँ ६ का लागि रु ६४ लाख बिनियोजन गरिएको छ।