गौरीगञ्ज गाउँपालिकाले ल्यायो नयाँ एम्बुलेन्स

पढ्न समय: 1 मिनेट

असार २१ , गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले आधारभूत अस्पतालका लागि नयाँ एम्बुलेन्स ल्याएको छ । काठमाडौं बाट रु २० लाख १० हजार ५० रुपैयाँ खरिद गरिएको सो एम्बुलेन्स हिजो राती गाउँपालिका ल्याई पुर्याईएको कुरा गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठले जनाएका छन् ।‌

- Advertisement -
Ad image

महिन्द्रा कम्पनीको सो एम्बुलेन्स नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको रहेको कुरा स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जनाका छन् । कार्यविधि बनाएर सो‌ एम्बुलेन्स चाँडै सञ्चालनमा ल्याउने कुरा गाउँपालिका कार्यालय ले जनाएको छ ।

यसअघि गौरीगञ्ज गाउँपालिकाले उद्योग वाणिज्य संघ गौरीगञ्जको एम्बुलेन्स प्रयोग गर्दै आएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्