साउन २३ गौरीगञ्ज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन झापा र गौरीगञ्ज गाउँ कमिटीले गौरीगञ्ज गाउँपालिकालाइ ध्यानाकर्षण पत्र बुझाएको छ । अनेरास्वबियुको झापा जिल्ला कमिटी तथा गौरीगञ्ज गाउ कमिटीको सँयुक्त टोलीले गाउँपालिका अध्यक्ष फुलबती राजवँशी र उपाध्यक्ष पुजन न्यौपाने कुँवरलाइ ध्यानाकर्षण पत्र बुझाएको हो ।
शैक्षिक बिकृती र बिसँगति बिरुद्ध र बिद्यार्थी आन्दोलनबाट प्राप्त हक अधिकार र सँबिधानमा भएको ब्यवस्थालाइ ब्यवहारमा कार्यन्वयन गराउनका लागि गाउँपालिकालाइ ध्यानाकर्षण पत्र बुझाएको कुरा गौरीगञ्ज बहुमुखि क्याम्पसका स्वबियु सभापती स्तप खानले जनाएका छन् ।
ध्यानाकर्षण पत्रमा नेपालको संविधान २०७२ को भाग ३ धारा ३१ को उपधारा २ मा राज्यबाट आधारभूत तह सम्मको शिक्षा अनिवार्य र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउनुपर्ने भनी मौलिक हकको रुपमा दर्ज गरेको तर विद्यालयहरुले मनोमानी ढंगवाट चर्को शुल्क लिने गरेको पाइएकाले संविधानको उक्त मौलिक हकलाई तत्काल कार्यान्वयन गरियोस। निजी शैक्षिक संस्था संचालन ऐन अनुसार जम्मा विद्यार्थी संख्याको १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति प्रदान गरि भर्ना गराउनु पर्नेमा सो प्रकारको छात्रवृत्ति वितरण गरेको नपाइएकाले उक्त ऐनको नियमन गरियोस् । साथै छात्रवृत्ति वितरण प्रकृयालाई पारदर्शी बनाउन अनिवार्य सूचना पाटीमा प्रकाशन गर्नुपर्नेमा कागजी रुपमा मात्र छात्रवृत्ति वितरण गरेको पाइएकाले उक्त वितरण प्रकृयालाई नियमन गर्दै पारदर्शी बनाइयोस्। विभिन्न विद्यालयहरुमा भिन्न भाषाको माध्यमबाट शिक्षा दिने नाममा अधिक शुल्क लिने र एउटै विद्यालयमा विद्यार्थीलाई दुई वर्गमा विभाजन गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै सबै विद्यार्थीहरुलाई समान , गुणस्तरिय शिक्षा प्रदान गरियोस्। भन्ने मागहरु प्रस्तुत गरिएको छ ।
स्वबियु सभापती खान सहित अनेरास्वबियु जिल्ला कमिटी सदस्य तुलसीराम पौडेल बिकास न्यौपाने गौरीगञ्ज गाउँकमिटी उपाध्यक्ष निशा पौडेल लगायत अन्य बिद्यार्थी नेताहरु टोलीमा सहभागि रहेका थिए ।