मदन राजवँशी
गौरीगञ्ज गाउँपालिका वडा नँ ३ र ५ मा स्थापना हुन लागेको आधारभूत स्वास्थ्य केन्द्र का लागि स्वास्थ्यकर्मी र कर्मचारी नियुक्ति प्रक्रिया जनप्रतिनिधि हरुकै आन्तरिक किचलोका कारण अघि बढ्न सकेको छैन ।
गत साल फागुन १९ गते नै बिज्ञापन प्रकाशित गरि ३ जना अनमी २ जना अहेब र २ जना कार्यालय सहयोगी को माग गरि गौरीगञ्ज गाउँपालिका ले बिज्ञापन खुलाएको आज ६ महिना भन्दा बढि समय गुज्रि सक्दा समेत सो नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन । फागुन १९ गते १५ दिन भित्र दरखास्त बुझाउनु पर्ने म्याद राखि विज्ञापन खुलाए पछि पद अनुसार प्रति ब्यक्ति रु ३ सय देखि रु ५ सय सम्म राजस्व बुझाएर अनमी पदका लागि १२ जनाले अहेब पदका लागि १४ जनाले र कार्यालय सहयोगि पदका लागि २४ जना उम्मेदवारले दरखास्त भरेका थिए ।

शुरुमा कोभिड १९ को महामारीका कारण छनौट परीक्षा स्थगित भएपनि पछिल्लो समय साउन लागे यता परिस्थिती सहज बने सँगै साउन २२ गते एक सुचना प्रकाशित गरि सो बिज्ञापनको पदपुर्ति का लागि साउन २९ गते परीक्षा लिने भनि सुचना जारी गरिएको थियो । तर अन्तिम समयमा आएर परीक्षा हुने एक दिन अघि अर्थात साउन २८ गते एक सुचना निकालेर कुनै कारणनै नदेखाइ परीक्षा स्थगिय भएको सुचना जारी गरिएको थियो

फागुन १९ गते को बिज्ञापन मात्र हैन, गत साउन १६ गरेपनि गौरीगञ्ज गाउँपालिका ले एक सुचना प्रकाशित गरि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार शाखा का लागि एक प्रबिधि सहायकको बिज्ञापन आह्वान गरेका थिए ।

यि दुइ दुइ वटा बिज्ञापन हरुको नियुक्ति प्रक्रिया अघि बढ्न नसकिरहेको बेला गौरीगञ्ज गाउँपालिका ले फेरि केहि दिन अघि असोज ७ गतेको मितिमा थप अर्को बिज्ञापन प्रकाशित गरि कोभिड अस्पताल सञ्चालन का लागि एक मेडिकल अधिकृत र दुइ जना स्टाफ नर्स को माग गरि बिज्ञापन खुलाएका छन् ।

यो बिज्ञापन खुलाएको कुरा गौरीगञ्ज गाउँपालिका को वेभसाइट सम्म पहुँच नभएका थुप्रै गौरीगञ्जबासी हरुलाइ थाहा छैन । किनकी यो बिज्ञापन कुन पत्रिकामा छपाइएको छ भन्ने कुरा आम गौरीगञ्जबासी लाइ त के, गाउँपालिका प्रमुख प्रसासकीय अधिकृत राजु दाहाल लाइ समेत थाहा छैन ।
सो बिज्ञापन गौरीगञ्जबासी हरुको पहुँचमा नै नभएको सौर्य दैनिक पत्रिकामा छपाइएको बुझिएको छ । यो बिज्ञापन मात्र हैन गौरीगञ्ज गाउँपालिका का अन्य थुप्रै बिज्ञापन हरु बिज्ञापन एजेन्सीहरुबाट मोटो कमिसन रकम पाउने लोभमा यहाँका कर्मचारीहरुले गौरीगञ्जबासीको पहुँचमा त के, गौरीगञ्जमा कहिल्यै नाकमुख नै नदेखिने पत्रिका हरुमा छपाउने गरेको पाइएको छ ।
कर्मचारीहरुले मात्र हैन यहाँका जनप्रतिनिधिहरु ले पनि पत्रकार खुशी पार्न गौरीगञ्जको कुनैपनि वडामा टिप्दै नटिप्ने एफएम रेडियो र टेलिभिजनहरुलाइ कार्यपालिका बैठकमै निर्णय गरेर लाखौ रकमको कार्यक्रम दिदै आएको पाइएको छ ।
गत भदौ २१ गते को कार्यपालिका बैठकमा तत्कालीन प्रमुख प्रसासकीय अधिकृत प्रविण दाहाल र वडाध्यक्ष हरु बिच बिबाद भएको थियो । सो बैठकमा पनि फागुन १९ र साउन १६ गते खुलाइएको बिज्ञापन को नियुक्ति प्रक्रिया रोक्न जनप्रतिनिधीहरुले दबाब दिएको कुरा सोहि बैठकको भोलि पल्ट अधिकृत प्रबिण दाहालले बताएका थिए । उनले ब्यक्तीगत स्वार्थका कारण जनप्रतिनिधीहरुले नियुक्ति प्रकृया रोक्ने दबाव दिएको कुरा बताएका थिए (अडियो सहितको लिँक तल छ ) उनको भनाइले जनप्रतिनिधिहरु ले आफ्नो मान्छे हाल्न चलखेल शुरु गरेको छनक पाउन सकिन्छ ।
बिज्ञापन खुलाएको ६ महिना बितिसक्दा समेत सो स्वास्थ्यकर्मी र कर्मचारी नियुक्ति प्रक्रिया किन अघि बढ्न सकेन भनेर गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ लाइ जिज्ञासा राख्दा उनले कोभिड १९ कै कारण परीक्षा रोकिएको र यसबारे थप कुरा बोल्न नचाहेको कुरा बताए । तर गौरीगञ्ज गाउँपालिका का एक कार्यपालिका सदस्यले जनप्रतिनिधि हरुकै आन्तरिक विवाद का कारण नियुक्ति प्रक्रिया रोकिएको कुरा नाम नछाप्ने सर्तमा बताए । (अडियो गौरीगञ्ज दर्पण’सँग सुरक्षित छ )
गत भदौ २४ गते तत्कालीन प्रमुख प्रसासकीय अधिकृत प्रविण दाहाल फेरिएर उनको स्थानमा राजु दाहाल आए पछी गौरीगञ्ज गाउँपालिका मा १५ दिनको छोटो अबधि भित्र ३ वटा कार्यपालिका बैठक र एउटा बिशेष गाउँसभा बसिसकेको छ । तर ति बैठक र गाउँसभा मा स्वास्थ्य क्षेत्र जस्तो सँबेदन शील बिषयको नियुक्ति को कुराले औपचारिक प्रवेश नै नपाएको कुरा प्रमुख प्रसासकिय अधिकृत राजु दाहालले बताएका छन् । उनले कोभिडकै कारणले नियुक्ति प्रक्रिया रोकिएको र अबको कार्यपालिका बैठकमा निर्णय गरि नियुक्ती प्रकृया अघि बढाउने कुरा बताए का छन् ।
गौरीगञ्ज वडा नँ ३ मा हिजो सोमबार र वडा नँ ५ मा आज मँगलबार आधारभुत स्वास्थ्य केन्द्र उद्घाटन भएको छ । सो केन्द हरुका लागि स्वास्थ्यकर्मी र कर्मचारी नियुक्ति प्रक्रिया अघि बढ्न नसकेपछि हाल गौरीगञ्जका बिभिन्न स्वास्थ्य चौकी हरुमा कार्यरत मौजुदा स्वास्थ्यकर्मी र कर्मचारी हरुलाइ काजमा खटाएर सेवा शुरु गरिएको छ ।
हेर्नुहोस भिडियो –