फागुन २, गौरीगञ्ज । आइतबार गौरीगञ्ज गाउँपालिका कार्यालय मा अचम्मको वातावरण देखियो । कार्यालयमा न त कोहि अधिकृत स्तरका कर्मचारी उपस्थित थिए, न त जनप्रतिनिधि हरु नै । प्रमुख कार्यकारी को कक्ष, प्रसाशन फाँट, सुचना प्रविधि फाँट, स्वास्थ्य शाखा, न्यायिक समितिको कक्ष, र अध्यक्ष तथा उपाध्यक्ष को कक्ष शुनसान थियो ।
यो रिपोर्ट तयार पार्दासम्म ( दिउसो १२:३० बजेसम्म ) लेखा फाँटमा सह लेखापाल तुलसी निरौला उपस्थित भएपनि शाखा प्रमुख हेमचन्द्र नेम्वाङ्ग उपस्थित थिएन । त्यस्तै योजना शाखामा शाखा कर्मचारी उमा ठाकुर उपस्थित रहेपनि शाखा प्रमुख नारायण चँदारा उपस्थिति थिएनन् । त्यसैगरी प्रमुख प्रसाशकीय अधिकृत राजु दाहाल, प्रशासन फाँट तथा स्टोर का शाखा अधिकृत बिरेन्द्र खड्का, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र, सुचना प्रविधि प्रमुख सुमन थापा लगायतका कर्मचारी हरु कार्यालय नै आईपुगेका थिएनन् । अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपेन्द्र थापा समेत उपस्थित थिएनन् । अधिकृत स्तरका कुनै कर्मचारी र जनप्रतिनिधि हरु नै कार्यालय मा नभएपछि सेवाग्राही हरुकार्यालय मा आएर घण्टौंसम्म कर्मचारी पर्खिएर बसेका देखिन्थे । न्यायिक समितिको कार्यालय मा समेत कर्मचारी कमला भण्डारी नभएपछी उजुरी दिन आएका पिडितहरु समेत खिन्न भएर फर्किरहेका थिए ।
प्रमुख प्रसासकीय अधिकृत र सो अनुपस्थित रहेको खण्डमा निमित्त प्रमुख को जिम्मेवारी लिन सक्ने समेत कुनै शाखा अधिकृत स्तरको कर्मचारी कार्यालयमा नदेखिएपछि गौरीगञ्ज दर्पण डटकम ले प्रमुख प्रसासकीय अधिकृत राजु दाहाल लाई फोन सम्पर्क गरि आजको निमित्त प्रमुख को हो भनि जिज्ञासा राखेको थियो । प्रमुख प्रसासकीय अधिकृत दाहालले आफु घरायसी कामकाज का लागि बिदा बसेको र योजना शाखा प्रमुख नारायण चँदारा तथा प्रशासन फाँट तथा स्टोर का शाखा अधिकृत बिरेन्द्र खड्का समेत बिदामा बसेको जानकारी उनले गराए । त्यसै गरी लेखा प्रमुख हेमचन्द्र नेम्वाङ्ग शुक्रबार नै ईन्ट्री गर्नुपर्ने काम नसकिएकाले सो सुचनाहरु ईन्ट्री गर्ने घर बसेको, जानकारी दिए । उनले आज का लागि कुनै कागजातमा हस्ताक्षर गर्न सक्ने निमित्त प्रमुख पनि कोहि नभएको जानकारी दिए । सबै प्रमुख कर्मचारी हरु एकै साथ बिदामा बस्नु नियतबस नभइ सँयोग मात्र भएको कुरा दाहालले बताए ।
अध्यक्ष बाबुराजा श्रेष्ठ चन्द्रगढी मा कुनै कार्यक्रममा ब्यस्त भएको र उपाध्यक्ष दिपेन्द्र थापा परीक्षाको तयारी गरिरहेकाले कार्यालय नआएको जानकारी कर्मचारी श्रोतले दियो । त्यसै गरी अन्य कर्मचारी को अनुपस्थितीको कारण भने कसैले खुलाउन सकेनन् ।
आइतबार कार्यालय मा प्रविधि शाखा प्रमुख सबिन क्षेत्री, रोजगार सँयोजक बेगम राइ, शिक्षा शाखाका केशब भट्टराई र कम्प्यूटर का ज्ञानेन्द्र दँगाल भने उपस्थित थिए ।