असार २७ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिकाको १५ औँ गाउँसभा अधिबेशनको अन्त्य भएको छ । गाउँपालिकाकी अध्यक्ष फुलबती राजवँशीले गाउँसभाको आज तेश्रो बैठकमा अधिबेशन अन्त्य भएको घोषणा गरेकी छन् ।
गत असार १० गतेबाट शुरु भएको अधिबेशनको पहिलो बैठकमा अध्यक्ष फुलबती राजवँशीले गाउँपालिकाको बार्षिक निती तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन भने असार १६ गतेको दोश्रो बैठकमा उपाध्यक्ष पुजन न्यौपाने कुँवरले रु ४९ करोड ५३ लाख ७१ हजार ८ सय ५१ रुपैयाको बार्षिक बजेट तथा योजनाहरु र आर्थिक बिधेयक प्रस्तुत गरेकी थिइन् ।
आज बिहिबारको अन्तिम बैठकमा उपाध्यक्ष पुजन न्यौपाने कुँवरले न्यायिक समितीको बार्षिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन भने बिधायन समिती सँयोजक बिजय सिँह गन्गाइले स्थानिय शिक्षा ऐन २०७५ को पहिलो सँसोधन सँबन्धी प्रस्ताब पेश गरेका थिए । त्यसै गरि कार्यपालिका सदस्य अघनु प्रसाद राजवँशीले अर्थ तथा सार्वजनिक लेखा समिती बिधायन समिती सामाजिक समिती सुशासन तथा स्थानीय सेवा समिती र कृषि पर्यटन पुर्वाधार तथा प्राकृतिक स्रोत समिती पसनरगठनको प्रस्ताव पेश गरेका थिए ।


यस बाहेक आजको बैठकमा गत १६ गतेको बैठकमा पारित हुन बाँकी वडा नँ २ को वडा स्तरीय बजेट उपाध्यक्ष पुजन न्यौपाने कुँवरले प्रस्तुत गरेकी थिइन । प्रस्तुत भएका सबै प्रस्तावहरु सर्वसम्मतले पारित भएपछी दिउसो १ बजेर २० मिनेटमा अध्यक्ष राजवँशीले अधिवेशन अन्त्यको घोषणा गरेकी थिइन । गौरीगञ्ज गाउँपालिकाको १५ औँ अधिबेशनका सबै बैठकहरुको प्रत्यक्ष प्रसारणका भिडियोहरु गौरीगञ्ज दर्पण डटकमको अफिसियल फेसबुक पेज सर्च गरि हेर्न सक्नुहुनेछ ।