कार्तिक २३ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाको सरकारी स्कार्पियो गाडीको दुरुपयोग भएको पाईएको छ । आज कार्तिक २३ गते भईरहेको नेपाली काँग्रेसको महासमिति चुनाबमा उठेकी गाउँपालिकाकी अध्यक्ष फुलबती राजबँशीले भोट माग्ने लगायतका काममा गाउँपालिकाको सरकारी स्कार्पियो गाडी र ईन्धनको दुरुपयोग गरेको प्रमाण हरु गौरीगञ्ज दर्पण डटकमलाई प्रप्त भएको छ ।

केहिदिन यता उनि सरकारी गाडी र ईन्धनको दुरुपयोग गर्दै गाउँपालिकाको काम बाहेकका पार्टीको चुनावी प्रचारमा गाडी दुरुपयोग गर्दै आएकी छिन । उनले मनोनयन दर्ता गर्न जाँदा समेत सरकारी गाडी लिएर गएको श्रोतले बताएको छ । यस विषयमा प्रमुख प्रसाशकीय अधिकृत खेमराज थापा सँग सम्पर्क गर्न गाउँपालिकामा भइरहेको ल्याब टेक्निसियन को मौखिक परीक्षका कारण सँपर्क हुन सकेन ।
(श्रोतहरुको गोपनियता र सुरक्षालाई मध्यनजर गरि हामिले प्रमाणहरु खुलाएका छैनौ। यद्यपि प्रमाणहरु गौरीगञ्ज दर्पण सँग सुरक्षित छ ।)